सुन भन्दै नक्कली गहना दिएर पैसा लिने पक्राउ

0
123

दमक/ इलामको फाक्फोकथुम ७ घर भई विर्तामोड ५ मा बस्दै आएका शेरबहादुर बराइलीले आफनो झुटो परिचयसहित नक्कली सुनका गहना देखाएर एक लाख ७० हजार रुपैयाँ ठगी गरेका छन ।

मेचीनगर ९ मा सञ्चालित हनुमान ज्वेलर्समा गजमेरले आफनो नाम थर दिनेश श्रेष्ठ भएको बताउँदै सो ज्वेलर्समा सुन जस्तै देखिने पहेंलो धातुका दुई थान बेरुवा औंठी देखाई झुक्याएर सो रकम ठगी गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्वेलर्सका सञ्चालक रोशन कुमार गजमेरलाई तीन तोला सुन छ भनि बराईलील ठगी गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनले पछि लिन आउने भनिएको थप १० हजार रुपैयाँ रकम लिन आएपछि शुक्रबार साँझ ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here