लखनपुर साना किसान कृषि सहकारी द्वारा किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान

0
166

कमल  / झापाको कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसरमा ४२ जना किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की वितरण गरेको छ ।

किसानहरुलाई व्यवसायीक तरकारी खेती तर्फ प्रेरित गर्ने उदेश्यले ५० प्रतिशत अनुदानमा संस्थाले ति ट्याङ्की प्रदान गरेको हो । संस्थाकी उपाध्यक्ष शोभा उप्रेती संग्रौलाको अध्यक्षता र संस्थाका सल्लाहकार संयोजक बेनुप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सोहि कार्यक्रममा गाउँपालिका र संस्थाले संयुक्त रुपमा उत्पादन गरेको जैविक युरीया र घनजिवामृत समेत ६० जना किसानलाई प्रदान गरिएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा उक्त जैविक मल प्रयोग गर्ने विधिका बारेमा गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी गराउनु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here