दमकमा धमाधम भुमिहिनलाई जग्गा दिलाउन निस्सा वितरण सुरु

0
108

दमक / दमक नगरभित्रका भुमिहिनको समस्या समाधानका लागी आज वडा नम्बर २ का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनिपुर्जाको निस्सा वितरण गरिएको छ । वडा भित्र रहेका भुमिहिनहरुलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप निस्साको प्रमाण दिन शुरु गरिएको हो ।

 

वडा भित्र रहेका भुमिहिनहरुलाई निस्सा वितरण गर्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले स्थानीय सरकार कोहि पनि नगरबासीहरु भुमिहिन नहुन भन्ने कुरामा सचेत रहेको भन्दै नगरबासीका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका सधैं लागि पर्ने बताउनु भयो । उहाँले आफु निर्वाचित भएर आए देखीनै भुमिहिनको समस्या समाधानलाई प्राथमिकता दिएर काम गरेको भए पनि राष्ट्रिय तथा प्रदेश तहको निर्वाचनका कारण काम रोक्नु परेकोले केही समय ढिलो भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले जग्गाको स्वामित्व पाउनका लागि निस्सा प्राप्त गर्नु अनिवार्य भएको बताउँदै यसलाई महत्वसाथ लिन आग्रह गर्नु भयो । उहाँले नागरिकहरुका मौलिक हकका रुपमा रहेका सबै हकहरुको संरक्षणको दायित्व स्थानीय सरकारको भएकाले यो दायित्वबाट नगरपालिका पछि नहट्ने बताउनु भयो । नगरपालिकाले जनमुखी र नगरबासी बालबालिकादेखि बृद्धबृद्धा सम्म महिला पुरुष सबैका लागि ल्याएका कार्यक्रमहरुबारे सुसुचित हुँदै सहभागी बन्न आग्रह गर्नु भयो ।

दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले सुकुम्बासी तथा भुमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा आफू सदैव प्रयत्नशील रहेको चर्चा गर्दै नगरपालिकाबाट भए गरेका निणर्यहरुको कार्यान्वयनमा सहयोग पुर्‍याउन वडाबासीहरुलाई आग्रह गर्नु भयो । वडा भित्र दर्ता भएका ६५३ जनालाई निस्सा वितरण गर्नु पर्नेमा आज २४२ जनालाई वितरण गरिएको वडा सचिव बालकृष्ण कोईरालाले जानकारी दिनुभयो । बाँकी भुमिहिनलाई वडा बाट निरन्तर निस्सा वितरणको काम हुने उहाँले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here