दमक उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा सम्पन्न,पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान

0
163

दमक/ दमक उद्योग वाणिज्य संघको ३१ औं बार्षिक साधारण सभाको अवसर पारेर संघका पूर्व अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठसहित उत्कृष्ट व्यवसायी , पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

संघले शुक्रबार आयोजना गरेको साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा दमक ३ निवासी लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर मिश्रीलाल साह र पाथीभरा स्टोरकी प्रोप्राइटर तिर्थकुमारी ताम्राकारलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो । त्यसैगरी संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारित पुरस्कार यस बर्ष दमकमा क्रियाशील पत्रकार नगेन्द्रमणी न्यौपानेलाई प्रदान गरिएको छ । नगद राशीसहितको सो पुरस्कारसंगै पत्रकारसंगै पत्रकार न्यौपानेलाई सम्मान पत्र पनि प्रदान गरिएको छ । त्यसैगरी संघको कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी मञ्जु चौधरीलाई उत्कृृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले सम्मानित तथा पुरस्कार व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेका थिए । संघको विधान अनुसार गत आर्थिक बर्षमा संघको आजिवन सदस्यता प्राप्त गर्ने व्यवसायीहरु रमेश लुइँटेल र बद्रीप्रसाद दाहाललाई आजिवन सदस्यताको प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बोल्दै नीजि क्षेत्रका अगुवाहरुले मुलुकको अर्थतन्त्रको मुख्य आधार उद्योगी व्यवसायीहरुमाथि राज्यपक्षबाट न्यायसंगत व्यवहार हुन नसकेको गुनासो गरे । उनीहरुले निजी क्षेत्रलाई अस्तव्यस्त बनाउनुको सट्टा राज्यपक्षले सहकार्यको नीति अवलम्बन गर्न सके मुलुकको बिकासमा योगदान पुग्ने पनि सुझाए ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य होमबहादुर थापाको विशेष आतिथ्य रहेको थियो भने दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ , नेपाल उद्योग वाणिज्य महासंघका एक नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनेन्द्रराज योङया, नेपाली काग्रेस दमक नगर सभापति तथा संघका पूर्व अध्यक्ष प्रकास प्रसाइँ निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल,  लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सभामा संघको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष गोकूल श्रेष्ठले २०७६ मा आफूहरुले संघको नेतृत्व सम्हाले यता विश्वनै कोरोना महामारीको चपेटमा परेका स्मरण गरे । उनले बिषम परिस्थितीका बाबजुद आफूहरुले व्यवसायीहरुमाझ गरेको प्रतिबद्धता अनुसार काम गरेको दाबी गर्नु भयो । सो अवसरमा साधारण सभा तयारी समिति संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल)ले स्वागत गर्दै चुनावी साधारण सभा समेत भएकाले आफू आजको बन्द सत्रपछि संघको चुनावी गतिबिधिमा क्रियाशील हुने संकेत गर्नु भयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here