धरमपुर चौकमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माणकोलागी शिलन्यास भयो

धरमपुर/ झापा शिवसताक्षी १ स्थीत धरमपुर चौकमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माणकोलागी शिलन्यास भएको छ । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले चेम्जोङको १२० औँ जन्म जयन्तीको अवसर पारेर धरमपुर चौकमा एक कार्यक्रमबीच शालिक निमौणको लागी शनिबार शिलन्यास गरिएको हो ।
सिलन्यास शिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन)का हस्तबाहुलीबाट गरिएको हो । इतिहासबिद चेम्जोङको शालिक शिलन्यास गर्दै प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले लिम्बू समुदायको ऐतिहासिक दस्तावेज लेखेर नेपाली समाजलाई संसारमाझ परिचित गराउने भुमिका खेलेका इमानसिंह चेम्जोङलाई देशले राष्ट्रिय बिभुति घोषणा गर्नु पर्ने बताए । नगर प्रमुख थोप्राले चेम्जोङको शालिक निर्माणमा सबै समुदाय एक ढिक्का भएर लाग्न आग्रह गर्दै नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने जनाए । त्यस्तै स्थानीय बुद्धिजीवि चन्द्रवीर नेम्वाङले कठिन राजनीतिक परिवेशमा पनि ऐतिहासिक दस्तावेजद्वारा मेटिन लागेको लिम्बू समुदायको इतिहास लेखेर ठूलो गुण लगाएको स्मरण गर्दै चेम्जोङ राज्यको सम्पत्ती भएकोले सबैले हातेमालो गरेर सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, शालिक निर्माण समितिका सल्लाहकार संयोजक दुर्गा नेम्वाङ लगायतले इतिहासकार चेम्जोङको योगदानको विषयमा बोलेका थिए । सल्लाहकार सम्योजक नेम्बाङले सालिक निर्माण पछि धरमपुर चोकाको मुहारमा परिवर्तन आउने भन्दै प्रबेश द्धारको पनि आवश्यक रहेकोले निर्माण गर्नु पर्ने धारण राखे नेपाल सरकारले समेत इतिहासबिद चेम्जोङको योगदानको मुल्याङकन गर्दै हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।
चेम्जोङको शालिक अर्धकदको हुनेछ भने यसको लागत १२ लाख ६४ हजार ९ सय ५६ रुपैयाँ रहने बताइएको छ । सिलन्यास भएको मितिले ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शलिकको उचाई करिब ११ फुट अग्लो रहने जनाइएको छ । धरमपुर चौकमा निर्माण हुन लागेको शालिक निर्माणमा धरमपुरका विभिन्न संघ संस्था, बुद्धिजीवि व्यक्तित्व युवाहरुको उत्साहजनक सहभागिता रहको थियो । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ का अध्यक्ष शिव शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश शालिक निर्माण समितिका अध्यक्ष देउबहादुर चेम्जोङले गरेका थिए । त्यस्तै कार्यक्रम सञ्चालन दुर्गा चेम्जोङले गरेका थिए । शालिक निर्माण समितिका आर्थिक संयोजक सरिता चेम्जोङ रहेकी छन भने प्रचार प्रसार संयोजक मनकुमार चेम्जोङ रहेका छन् ।

को हुन इमानसिह चेम्जोङ
इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे ।
उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन“ भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे ।
किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए । आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङ टडकारो व्यक्तित्व थिए ।
ईमानसिङ चेमजोङले नेपालको बैकल्पिक ईतिहास लेखे ।उ भन्दा पहिले हामि केवल जित्नेले लेखेको ईतिहास पढ्थ्यौ । किराँती जातिहरुको र किरात सभ्यताको वास्तविक ईतिहास लेखेर जित्नेको ईतिहासले किनारामा पुर्याईसकेको जातिलाई मूलधारको बाटोमा फर्काए ।यसर्थमा उनी छुटै अनि यथार्थ पाटाका इतिहासकार हुन । खोजि ईतिहासकार हुन । चेम्जोङको बिसं २०३३ सालमा काठमाण्डौमा देहवासान भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्