सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा तुलाराम बोखिम निर्वाचित

सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा तुलाराम बोखिम निर्वाचित भएका छन् । बोखिम ३ सय ५० मतसहित सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका हुन् ।

त्यस्तैं, समितिको उपाध्यक्षमा उदयप्रकाश राई सानदार मतका साथ बिजय भएका छन् । राई ३ सय ६ मतसहित सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको सचिवमा बिजयी भएका हुन् । त्यसैगरी, सचिवमा कालीप्रसाद रिजाल (३५३), सहसचिवमा झमक बहादुर गौतम (२७८) मतसहित बिजयी भएका छन् । समितिको कोषाध्यक्षमा मदनमोहन अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्षमा बोखिमले सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिका निर्वतमान अध्यक्ष प्रसाद सुब्बा र रुद्रमणी भट्टराईलाई पराजित गरेका हुन् । सुब्बाले २ सय १८ र भट्टराईले ९८ मत ल्याएका थिए ।

आगामी दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय समितिको आज (शनिबार) सताक्षीधाम परिसरमा सम्पन्न भएको मतदानमा कुल ६ सय ८४ मत खसेको थियो । अध्यक्ष पदका उम्मेदवारमा १५ मत बदर भएको निर्वाचन समितिका संयोजक दिपकप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, समितिको उपाध्यक्षमा उदयप्रकाश राईले कृष्णप्रसाद खरेल (२३४), पर्वत थुलुङ राई ((७६) र पशुराम खतिवडा (३२) लाई पराजित गर्दा ३३ मत बदर भएको थियो । उपाध्यक्षमा निर्वाचित राई सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिका निर्वतमान सचिव हुन् । उनी धाम समितिमा यसअघि कार्यसमिति सदस्य, सहसचिवहुदै सचिव र उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सचिवमा रिजालले कृष्ण कुमार श्रेष्ठ (१८९), नारायणप्रसाद अधिकारी (११२) लाई पराजित गरेका हुन् । सचिव पदमा २० मत बदर भएको छ । रिजाल दुधेस्थित राष्ट्रिय रमर्णिय आदर्श माविबाट अवकास प्रधानध्यापक हुन् । श्रेष्ठ समितिका निवर्तमान कोषाध्यक्ष हुन् भने अधिकारी झिलझिलेका व्यवसायी हुन् ।

सहसचिवमा युवा व्यवसायी झमक बहादुर गौतमले २७८ मत ल्याएर बिजय हुदाँ गणेश श्रेष्ठले २०० र नेत्रप्रसाद तिम्सिनाले १६६ मत ल्याएका थिए । सो पदमा ३७ मत बदर भएको छ ।

यता, सताक्षीधाम विकास समितिको सदस्यहरुमा महिलातर्फ तारा प्रसाई र तारादेबि मेहता निर्वाचित भएका छन् । समितिको खुल्ला सदस्यहरुमा समिर चापागाई, बेधनिजी बास्तोला (बास्तोला होटल), कुवेर लुइटेल, डिकबहादुर बुढाथोकी, गणेश भेटुवाल र पशुराम खरेल निर्वाचित भएका छन् ।

समितिमा निर्वाचित भएपछि हाम्रोसरोकारसंग कुराकानी गर्दै अध्यक्ष बोखिमले सताक्षीधामको गरिमालाई अझ धेरै उच्च बनाउन समितिको एक्लो प्रयासले मात्रै सम्भव नभएकोले आजिवन सदस्य र सम्पूर्ण संचेत बर्ग वा समुदायले गम्भिर चासो र सक्रियता देखाउन आवश्य रहेको बताए ।

त्यसैगरी, उपाध्यक्षमा निर्वाचित उदयप्रकाश राईले कसको जीत र हारको कुृरालाई बिर्सेर सताक्षीधामको विकास र प्रवर्दनमा लाग्न महत्वपूर्ण विषय रहेको बताए । उनले सताक्षीधामलाई आगामी कार्याकालभित्र निर्वाचनको समयमा गरेका योजना र प्रतिवद्धतालाई पुरा गर्न र आजिवन सदस्यहरुको बिचार, भावना र सुझावलाई शीरोधार्य गरेर अघि बढ्ने बताए ।

Exif_JPEG_420
फेसबूकमा कमेन्ट्स गर्नुहोस्