शिवसताक्षी अपाङ सेवा समिति द्धारा फाइबर सिरक बितरण

धरमपुर । झापा शिवसताक्षी अपाङ सेवा समिति १ नम्बर वडाका २६ जना शारिरिक अपाङ्गता भएका वडाबासीहरुलाई न्यानो फाइबर सिरक बितरण गरेको छ ।
जाडौ मौसमलाई मध्यनजर गरि आज शनिबार शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरि उक्त न्यानो सिरक बितरण गरिएको समितिका अध्यक्ष प्रदिप तामाङले बताए । उनका अनुसार यस सिरक बितरणले असक्त अपाङ्गता भएका हरुलाई थोरै भएपनि राहात पुगोस भन्ने उदेश्यले बितरण गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का वडाध्यक्ष लक्ष्मिप्रसाद चेम्जोङले शरिरिक रुपमा असक्त नगरिक हरु भोट बैक मात्र नभएर वडाका जिम्मेवार नागरिक भएकोले उनिहरुको पनस्थापनाको लागी नगर संग समन्वय गरेर वडाले पनि आवश्यक सहयोग गर्ने बताए । सो अवसरमा स्थानीय सामाजिक ब्यक्तित्वहरु जयबहादुर बिश्वकर्मा, थिरबहादुर राई नरेश अधिकारी र डिल्ली न्यौपाने लगायतले मन्तब्य बोलेका थिए ।
शिवसताक्षी अपाङ सेवा समितिका अध्यक्ष प्रदिप तामाङको अध्यक्षतामा भएको कार्यक्रको संचालन मोहन सिन्चिउरीले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्