सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको मतदान सम्पन्न , अहिले मतगणना हुदै , आजै मतपरिणाम आउने ।

झिलझिले । झापा शिवसताक्षी ११ स्थीत पुर्बकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको आज भएको निर्बाचनमा ६सय ८५ मत खसेको छ ।
मन्दिर परिसरमा आज शनिबार बिहान ८ बजेबाट शरु भएको मतदान प्रक्रिया अपराहन्न ४ बजे सम्पन्न भएको थियो । उक्त सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिमा १ हजार ६३ जना मतदाता रहेकोमा ६सय ८५ मत खसेको निर्बाचन अधिकृत दिपक न्यौपानेले जानकारी दिनुभयो । नेतृत्व छनौटकोलागी अध्यक्षमा तिन जना प्रत्यासी रहेको छ जसमा तुलाराम बोखिम, प्रसाद सुब्बा र रुद्रमण्ी भट्टराईको उमेद्धारी रहेको छ ।


त्यस्तै उपाध्यक्ष पदमा निवर्तमान सचिव उदयप्रकाश राई, कृष्णप्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडा रहेका छन् । त्यस्तै सचिवमा कृष्णकुमार श्रेष्ठ, कालीप्रसाद रिजाल, नारायणप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ । त्यसैगरी सह–सचिव पदमा गणेश श्रेष्ठ, नेत्रप्रसाद निम्सिना, झमकबहादुर गौतमको उम्मेद्वारी रहेको छ । त्यस्तै खुल्ला सदस्यहरुमा कृष्णचन्द्र सेलिङ(सेलिङ केसी), गंगाधर तिम्सिना, मिलनकुमार राई, गणेश भेट्वाल, शैलेन्द्र चापागाई, पर्शुराम खरेल, खडकबहादुर थापा, योगनीधि बास्तोला, कुवेरप्रसाद लुइटेल, श्यालाल गिरी, डिकबहादुर बुढाथोकी, डम्बरबहादुर दाहाल रहेका छन् । त्यस्तै महिला सदस्यमा उमादेवी लुइटेल, निर्मला यादव, तारादेवी मेहेता, तारादेवी प्रसाई रहेका छन् । कोषाध्यक्षमा मदनमोहन अधिकारी सर्वसम्मत निर्वाचति भइसेका छन् । विधान अनुसार समितिमा १३ जना निर्वाचित हुने छ भने एक महिला र एक पुरुष मनोनित हुने छ ।


मतदान सके लगतै सर्बपक्षिय भेला बसि मत गणना समेत शुरु भएको निर्बाचन परिचालन समितिका सदस्य प्रेम रोक्काले बताए । उनका अनुसार राती ११ बजे सम्ममा परिणाम आउन सक्ने समेत जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्