मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न पाइने

0
100

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ ।

यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले गरको हो । आयोगको गत कात्तिक २९ गतेको बैठकले निर्वाचन निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरको हो ।

साेही निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् । उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएकाे छ । संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरुमा पठाइसकिएको र सोही अनुसार गर्न गराउन भनिएको आयोगले जनाएको छ ।

उम्मेदवार नभएका दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न नपाउने भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here