राजनितिक दलका भेट्रान उमेद्धारहरुसंग कडा टक्टर दिदै खुश्बु ओली, जित शुनिश्च हुनेमा आशाबादी

देशको मुहार फेर्नको लागी यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्बाचन एकै साथ हुदै छ ।यस निर्बाचनमा बिभिन्न राजनितिक दल संगै स्वातन्त्र उमेद्धारहरुको पनि संघ र प्रदेशसभा सदस्यको लागी उमेद्धारी रहेको छ । देश कै सुगम र शिक्षित जिल्ला झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यासी उमेद्धार खुश्बु ओलीको पनि उमेद्धारी रहेको छ । बेलायत स्थीत अक्सफोड बिश्व बिद्यालयबाट अध्यान गर्नु भएकी ओलीले यस क्षेत्रमा सेवा गर्नको लागी चुनाबी मैदान मा होमीएको बताउनु भएको छ । राजनितिक दलका भेट्रान उमेद्धारहरुसंग कडा टक्टर दिदै जित शुनिश्च हुनेमा आशाबादी रहेको बताउनु हुने शुरुङगा निबासी चिरपरिचत युवा नेतृ खुश्बु ओली संग हाम्रा सहकर्मी गोबिन ल्वागुनले गर्नु भएको संक्षिप्त कुराकानीको अंश तल प्रस्तुत छ ।
= घरदैलोको माहोल कस्तो पाउनुभएको छ ?
आजको प्रतिक्रिया तपाईंले हेरिहाल्नुभयो । जहाँ गए पनि यस्तै प्रतिक्रिया पाइरहेका छौं । तपाईंलाई पर्खिरहेका छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ । कतिपय पार्टीमा आवद्ध हुनुभएकाले हामी खुल्न त मिल्दैन तर यसपालि मत परिवर्तन गर्ने हो भनिरहनुभएको छ । सबैतिर माहोल एकदमै राम्रो छ ।
= तपाई स्वातन्त्र तर्फबाट नयाँ उम्मेदवार हुनुहुन्छ, एजेन्डा के बनाउनुभएको छ ?
संसदको काम भनेको नीति, नियम, कानुन बनाउने हो । राष्ट्रिय मुद्दाहरू त छँदैछन् जुन मैले उठाएको छु। विशेषगरी झापा ४ को कुरा गर्दा यहाँ खानेपानी, ढल, सडकको समस्या छ । महिलाहरुको सम्स्य । स्वास्थ्य शिक्षा ,जनचेतनाको अभाब । यहाँ ग्रामीण क्षेत्र धेरै भएको हुनाले कृषि उपज ,मल र बीउको एकदमै समस्या छ । बेरोजगारी र सर्वसुलभ शिक्षाको कुरा छ । यिनै स्थानीय आवश्यकतालाई मध्यनजर गरेर नीति बनाउने पहल गर्छु जसलाई यहाँको स्थानीय तहको निकायले कार्यान्वयन गर्न सक्ने होस् ।
= यसअघि यो क्षेत्रबाट धेरै जना सांसद बनेर मन्त्री पनि हुनुभएको छ । सडक बनेनन् भनेर उहाहरुको पनि आलोचना भइरहेको थियो । उहाँले पनि गर्न नसक्नुभएको काम तपाईंले कसरी गर्न सक्नुहोला ?
अहिले सदनको बैठक लाइभ हेर्न मिल्छ । हामीले सदन कतिपटक भरिएको देखेका छौं ? एमसीसी, नागरिकता जस्ता जब राजनीतीकरण भएका मुद्दा आउँछन्, तब मात्रै हाम्रो सदन भरिन्छ । हाम्रो बाटो बनेन, हाम्रोमा खानेपानी आएन, ढल पस्यो भन्ने कुरा कहिल्यै सदनको मुद्दा बन्यो ? हामीले त्यो देखेनौं । हामी सदनका हरेक बैठकमा ती कुरा उठाइरहन्छौं ।
= यो क्षेत्रबाट धेरै उम्मेदवार हुनुहुन्छ । र, तपाईंलाई नै चाहिं यहाँका मतदाताले किन भोट दिनुपर्यो ?
म पनि यसअघि एउटा मतदाता नै थिएँ, यही क्षेत्रमा बस्ने, यहींको बासिन्दा । हामी सबैले भोगेको समस्या एउटै हो । उहाँहरूलाई हामीले बारम्बार हेर्यौं । उहाँहरू नै सांसद भएर आउनुभयो, उहाँहरू नै मन्त्री भएर आउनुभयो । तर, यो क्षेत्र झापा जिल्लाको एउटा अंश हुँदा पनि विकासमा किन पछि छ भन्ने कुरा म लगायत सम्पूर्ण नागरिकलाई थाहा भएको छ । त्यही कुरा चिर्न म आएको हो  । यदि हाम्रो पुस्तालाई यो देशभित्र बस्न सक्ने एउटा आशा देखाउने हो भने अब हामीले हस्तक्षेप नगरी हुँदैन भनेर म जस्ता युवा पुस्ता आएका छौं । सबैले त्यो महसुस गरिरहनुभएको छ ।
फेरि म बिश्व प्रशिद्ध आक्सफोड बिश्वबिद्यालयमा अध्यान गरेको विद्यार्थी । मलाई कानुनका छिद्र छिद्र थाहा छ । कस्तो कानुन बनायो भने नीतिगत भ्रष्टाचार गर्न मिल्छ भन्ने कुरा मलाई थाहा छ । त्यसैले म जस्तो कानुन सम्बन्धी अध्यान गरेकोे व्यक्ति सदनमा पुगेर जे काम हो, त्यही काम गर्न नपुगेर को पुग्छ त ? ट्रायल भइसकेका व्यक्ति पुग्ने ? त्यस माथि यस जिल्ला कै म एक्लो महिला उमेद्धार पनि हो ।
= यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?
म घरदैलोमा जाँदा लगभग ९० प्रतिशतले नयाँ अनुहार खोजिरहेका छौं भनेर भनेको तपाईंहरूकै कानले सुन्नु भएको छ । केही गर्छु भन्ने युवालाई साथ दिन्छु भनेर आइरहनुभएको छ । त्यसैले हामीले कसैलाई प्रतिस्पर्धी किटान गरेका छैनौं । उहाँहरूलाई पनि शुभकामना छ ।
= तपाईंले जित्ने आधार चाहिं के के हुन् ?
म नयाँ अनुहार, युवा पुस्ता वा महिलाको प्रतिनिधित्व मात्रै गरेर आएको छैन । म एउटा सक्षम उम्मेदवार पनि हो । म अब संसदमा जाँदा सांसदको भूमिका के हुन्छ, त्यो निर्वाह गर्न सक्ने एउटा सशक्त उम्मेदवारका रूपमा मलाई सम्पूर्ण नागरिकले हेरिरहनुभएको छ । मेरो जित्ने मुख्य आधार त्यही नै हो ।
अर्को इमानदारीको पनि कुरा हुन्छ । यसरी एउटा इमानदार युवा र यही पुस्ताका लागि गर्छु भनेर आएको उम्मेदवारलाई सबैले पत्याइरहनुभएको छ । उहाँहरूको विश्वास र समर्थन नै हाम्रो जितको आधार हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्