डुडामारीका बिरामी इन्द्र दर्जी सफल उपचार पछि घर फर्र्किए

शिवसताक्षी । झापा शिवसताक्षी ८ डुडामारीका बिरामी इन्द्र दर्जी सफल उपचार पछि घर फर्र्किएका छन ।
धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा मेरुदण्डको सफल उपचार पछि उनलाई शनिबार अस्पतालले डिस्चार्ज दिएर घर पर्किएका हुन । दर्जीको एक हप्ता अघि मेरुदण्डमा स्टील लगाएर अप्रेशन भएको हो । आर्थिक बिपन्न भएका दर्जीलाई स्थानीयको सहयोगमा देश बिदेशबाट आर्थिक संकलन गरि उपचार गरिएको अभियानका सचिब गंगाप्रसाद ओझाले जानकारी दिए । दर्जीको स्वास्थ्य अवस्था हाल समान्य रहेको र फलोअपको लागी एक साता पछि लगिने समेत बतइएको छ ।
दर्जीको उपचारमा के कति खर्च भयो र इन्द्र दर्जी बचाउ अभियानबाट के कति आर्थिक संकलन भयो भने हिसाबकिताब केहि दिन पछि सार्बजनिक गरिने समेत अभियानका सचिब ओझाले बताएका छन । बरामी दर्जीले सबैको सहयोगका कारण आफुले पुन जन्म पाएको भन्दै सबै सहयोगी मन हरु प्रति हार्दिक आभार प्रकट गरेका छन ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्