दमकरन द्वारा धावक राई लाई सहयोग

0
299

झापा दमकमा रहेको दमक रन समूह ले धावक याङ्देव राई लाई आर्थिक सहयोग गरेको छ ।

दमक रनका संस्थापक अध्यक्ष हाल बेलायत निवासी रन्दिप राईले उपलब्ध गराएको नगद १० हजार आज एक कार्यक्रमका बीच दमक रनका अध्यक्ष दिवस राई, सचिव कृष्ण राज दाहाल, सदस्य दीपेन्द्र श्रेष्ठ, जीवन चुडाल लगायतको उपस्थितिमा मोरङ मधुमल्लाका धावक राई लाई  हस्तानतरण गरिएको छ ।

पूर्वका धेरै दौडमा आफूलाई विजेताको रूपमा स्थापित गर्न सफल, न्यून आर्थिक अवस्था भएका धावक राई दमकरनमा आबद्ध भएर विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएका छन् । दमक रन समूहले उनलाई विभिन्न समयमा खेलका लागि सहयोग गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here