झापा ४ (१)का प्रदेशसभा सदस्य पदका प्रत्यासी उमेद्धार होम प्रसाद गौतमको आफुले चुनाब जित्ने दाबी

शिवसताक्षी । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्यको निर्बाचनमा झापा क्षेत्र नम्बर ४ (१)का प्रदेशसभा सदस्य पदका प्रत्यासी उमेद्धार होम प्रसाद गौतमले आफुले चुनाब जित्ने दाबी गरेका छन ।
उनले एक अन्तरबार्तामा आफु झापा ४(१)का मतदाताको मन मस्तिष्ककमा जरा गाडेर बसि सकेको हुनाले आफ्नो जित सुनिश्चत हुनेमा ढुक्क भएको बताएका हुन । पुर्ब धरमपुर गाबिस अध्यक्ष समेत रहेका गौतमले तत्कालीन धरमपुर र हालको शिवसताक्षी १,२,र ३ नम्बर वाडा रहेको क्षेत्रको आधुनिक धरमपुरको परिकल्पनाकार समेत भएको बताइएको छ । गौतम एक ब्यक्ति एक कार्यकालको निति र बिधिलाई आङगालेर राजनिति यात्रामा होमिएका जनप्रिय नेता हून । उनि २०४९ सालमा तत्कालीन धरमपुर गाबिस अध्यक्ष , २०५२ मा तत्कालीन झापा जिबिस सदस्य भएर काम गरेका थिए । त्यस्तै २०७६ माघ १० देखि २०७८श्रावण २४ गते सम्म देशकै उत्कृष्ठ संस्था साझा प्रकाशनको माहाप्रबन्धक समेत भएर काम गरेको अनुभब छ ।

गौतम नेकपा एमालेको बौधिक , सरल र क्षमतावान नेता भए पनि पाटीले आफु भन्दा कनिष्टलाई उमेद्धारी बनाए पछि पाटीबाट बिद्रोह गरि हाम्रो नेपाली पाटीको लौरो चुनाब चिन्ह लिएर प्रदेश सभा सदस्यको लागी चुनाबी मैदानमा होमीएका हुन । अहिले गौतम चुनाब प्रचार संगै मतदातको घरदैलो अभियानमा सक्रिय रहेका छन ।

बिगतमा आफुले यस भेगका जनताको समस्यमा सधै अग्रभागमा रहेर काम गर्नुको साथै सबै पाटी र जातीको भावनालाई कहिलै ठेस लाग्ने काम नगरेको हुनाले पनि यो निर्बाचनमा झापा क्षेत्र नम्बर ४ (१) बासीले बिश्वास गरेर लौरो चुनाब चिन्हमा मत दिनेमा आफु आशाबादी रहेको गौतमको भनाई छ । आफु निर्बाचन भएमा प्रमुख एजेण्डा भनेको भ्रस्टचार बिरुद्धको जागरण अभियान शुरु गर्ने , असारे बिकासको अन्त्य गरि दिगो बिकाशको प्रारम्भ गर्ने रहेको छ । लागुऔषधको दुर्व्यसनीबाट छुटकारा दिलाउन सुधारगृह निर्माण गर्ने, धर्मशाला विस्तार गर्ने, क्षेत्रमा उच्चस्तरीय अस्पताल निर्माण गर्ने, सुशासन, पारदर्शी रूपमा जनताको चाहनाअनुरूप विकास गर्ने एजेन्डालाई उनले अघि सारेका छन्।

‘मैले जितेपछि यस क्षेत्रको समृद्धिका लागि सक्नेजति अहिले जनतासामु प्रतिबद्धता लगेर चुनावमा होमिएको छु, उनले भने बिद्यार्थीकाल देखि नै राजनीतिमा होमिएका उनले सिंगो जीवन नै जनताका लागि समर्पण गर्ने प्रतिबद्धता सहित चुनावमा होमिएको बताएका छन् ।

गौतमले आफु एक कार्यकालको लागी मात्र उमेद्धारी दिएको हुनाले आफ्नो कार्यकालमा यस भेगका समस्यको सम्बोधन गर्ने र अर्कौ पटकको निर्बाचनमा आफुले बिश्राम लिने समेत सबै मतदाताहरुलाई अवगत गराएका छन ।
यस निर्बाचन क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रदेश १ सरकारको कृषि मन्त्रि समेत रहेका झलकसिंह दर्लामी , नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनबाट राधाकृष्ण खनाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उमानाथ दर्जी , स्वतन्त्र जातो चुनाब चिन्हबाट शन्तिराम न्यौपाने, जेब्रा चुनाब चिन्हबाट रमेश आचर्य (बाघे) लगायतको चुनाबी मैदानमा होम गौतम संग कडा प्रतिस्पर्धा हुने छ । भने कस्को पल्ला भारी हुने हो चुनाबको नतिजा पछि मात्र थाहा हुनेछ ।
बौकल्पिक शक्ति निर्माणको लागी हाम्रो अभियान , न्याय समान्ता र प्रगतिको लागी लौरो चिन्हमा मतदान ।। भन्ने मुख्य नारा सहित चुनाबी मैदानमा होमिएको हुनाले गौतमलाई भारी मत दिएर बिजय गराउन समेत अपिल गरिएको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्