अबकाे समय भनेकाे प्राबिधिक शिक्षाकाे हाे – उपकुलपति डा. सुवास पोखरेल

0
148

मोरङ स्थित मनमोहन  विश्वविद्यालयका उपकुलपति डा. सुवास पोखरेलले अबकाे समय भनेकाे प्राबिधिक शिक्षा मार्फत सीप सिकेर आत्मनिभर बन्न समय रहेकाे बताएका छन्  ।  विश्व विद्यालयको सेवाको विषयमा जानकारी गराउने उद्देश्यले  झापाको दमकमा शनिवार आयोजित पत्रकार सम्मेलनमा डा. पोखरेलले यस्तो बताएका हुन् ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको आकर्षण अत्यधिक बढ्दै गएको र त्यो चाहनालाई पूरा गर्न मनमोहन विश्व विद्यालय सक्षम बन्दै गएको उपकुलपति पोखरेलले जानकारी दिए ।

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियरिङ विषय पढ्न चाहने विद्यार्थीको आकर्षण अत्यधिक बढेको हो ।

भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा, कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरिय प्रयोगशाला र विशिष्टकृत पाठ्यक्रम र महिला छात्राबास सहित आउन जान यातायातको समेत व्यवस्था भएकोले मनमोहनमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको रोजाइमा पर्न थालेको उपकुलपति पोखरेलले बताए ।

२०७६ मा प्रदेश १ सरकारले संसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठयक्रम र भौतिक पूर्वाधार निर्माण गरि दक्ष जनशक्त्ति नियुक्त गरिसकेपछि गत वर्षदेखि मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनिरिङ विषयमा स्नातक तहको पढाई सुरु गरेको हो ।

मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्ध गर्न सक्ने मानव संशाधन विकास गर्ने यो विश्विद्यालयको ध्येय छ । सँगै विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य छ ।

यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी (पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने नीति लिएको प्राध्यापक डा. दिलनाथ फूयाले बताए । अहिले ७ सय १२ जना विद्यार्थी अध्यायनरत सो विश्व विद्यालयमा सबै कार्यक्रमहरु सञ्चालन भएपछि हरेक वर्ष कूल २८ सय ३१ जना दक्ष प्राविधिक विद्यार्थी उत्पादन हुने बताइएको छ ।

पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गणेश लम्सालले पत्रकार सम्मेलनको सहजिकरण गरेका थिए भने नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष विमल लामिछाने र झापा जिल्ला सचिव डिकेश लामासहित दर्जनबढी पत्रकारहरुको उपश्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here