आफुलाई पुन जनताले भारी मतले बिजयी गराउनेमा ढुक्क ,दार्लामी

शिवसताक्षी । यहि मंसिर ४ गते हुने आसन्न संघ र प्रदेशसभा सदस्यको निर्बाचनमा उमेद्धाररुलाई भोट माग्न भ्याइ नभ्यइ छ ।
झापा निर्बाचन क्षेत्र नम्बर ४ (क) मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका साझा उमेद्धार प्रदेश १ सरकारका कृषि मन्त्रि समेत रहेका जनप्रिय युवा नेता झलकबहादुर दर्लामी मगरको उमेद्धारी छ । बिकाश प्रेमी तथा छमतावान नेताको छबी बनाएका मगर अहिले घरदैलो अभियानमा ब्यस्त हुनुभएको छ । यस अघि नेपाली काँग्रेसका उमेद्धारलाई फराकिलो मतान्तरले पराजित गर्दै बिजयी हुनु भएको थियो ।आफ्नो कार्यकालमा यस निर्बाचन क्षेत्रमा बिभिन्न बिकासे योजनाहरु भित्राउन सफल भएकै कारण आफुलाई पुन जनताले भारी मतले बिजयी गराउनेमा ढुक्क भएको दार्लामी बतउनु हुन्छ । आफुले जनतालई कहिले पनि गर्न नसक्ने झुटो आश्वसन नदिएको समेत बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कृषिलाई आधुनिकीकरण गर्न बिभिन्न उपकराणहरु सिंचाइका लागी मोटर, बोरिङहरु बितरण गर्नुभएको थियो । त्यसतै पुर्बधार बिकास , सडक पुल , पुलेसा, तटबन्धन ,बिद्युत बिस्तार,स्वास्थ्य शिक्ष लगायत जनताको आधारभुत आवश्यकता संग जोडिएको कामहरु गरेको हुनाले मतदाताहरु मत दान गर्न आतुर भएको बताएका छन । यदि यस निर्बाचनमा बिजयी भएमा यस क्षेत्रका अधुरा कामहरु पुरा गर्ने भएकोले पनि गोलाकार भित्रको हसिय हथौडामा मतदान गर्न संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले आग्रह गरेको छ । यस निर्बाचन क्षेत्र नम्बर ४मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेशका जिल्ला सभापति समेत रहेका देउकुमार थेबेलाई चुनाबी मैदानमा उतारेको छ भने नेकपा एमाले र राप्रपाको गठबन्धनले लालप्रसाद साँवालाई उठाएको छ । त्यस्तै स्वतान्त्र उमेद्धारहरु समेत चुनाबी मैदनमा होमिएका छन । यस ४ (१)मा नेकपा एमालेबाट राधाकृष्ण खनाल, स्वातन्त्रबाट शान्तिराम न्यौपाने, रमेश आचर्य बाघे, लगायतको कडा प्रतिस्पर्धा हुने देखिएको छ । कस्को पल्ला भारी हुने हो त्यो भने नतिजा पछि मात्र थाहा हुनेछ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्