तीन हजार बढी कर्मचारी निर्वाचनमा खटिँदै

0
103

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तीन हजार छ सय ८० कर्मचारी खटिने भएका छन् । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि उनीहरु खटिन लागेका हुन् ।

निर्वाचन सम्पन्न गर्नका लागि चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि रहनेछन् । जिल्लामा एक सय ६१ मतदानस्थल रहेका छन् । जसमा चार सय ६० मतदानस्थल तोकिएको छ । ती सबै मतदानस्थलमा निर्वाचन अधिकृतसहित आठ–आठ जनाको दरले तीन हजार छ सय ८० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन क्षेत्र नम्बर मा एक हजार दुई सय ७४ जना, क्षेत्र नं २ मा एक हजार एक सय दुई जना र क्षेत्र नं ३ मा एक हजार तीन सय चार कर्मचारी खटिने छन् । उनीहरुलाई निर्वाचन कार्यालयले यही कात्तिक २३ गतेदेखि २५ गतेसम्म तालिम दिएर निर्वाचनमा खटाउने उहाँले जानकारी दिनुभयो । कात्तिक २३ गते क्षेत्र नम्बर १ मा खटिने कर्मचारीका लागि तालिमको व्यवस्था गरिएको छ भने क्षेत्र नम्बर २ मा खटिने कर्मचारीका लागि २४ गते तोकिएको छ ।

यस्तै क्षेत्र नम्बर ३ को निर्वाचनमा खटिने कर्मचारीलाई २५ गते तालिम दिइने कार्यालयले जनाएको छ । तालिमपश्चात् निर्वाचनको प्रक्रिया सुरु गर्नका लागि कर्मचारी मङ्सिर १ गतेदेखिनै मतदानस्थलमा खटिने उहाँले बताउनुभयो । मतदानस्थलको निरीक्षण सूचना टाँसलगायतका अन्य प्रक्रिया पूरा गर्नका लागि कर्मचारी १ गतेनै मतदानस्थल र केन्द्रमा पुग्ने छन् । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । यो विसं २०७४ को निर्वाचनमा भन्दा १० हजार छ सय ५७ ले बढी हो । उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना रहेका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ६६ हजार १५, १ (२) मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । २ (१) मा ६१ हजार नौ सय ७३, २ (२) मा ६२ हजार दुई सय ४२, ३ (१) मा ७८ हजार दुई सय ८६ र ३ (२) ६५ हजार नौ सय ९६ जना मतदान रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here