दर्जीको मेरुदण्डको अप्रेशन सम्पन्न , स्वास्थ्यमा क्रमिक सुधार हुदै ।

डुडामारी । झापा शिवसताक्षी ८ डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको स्वास्थ्य अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
आइतबार मेरुदण्डको सफल अप्रेशन भए संगै दर्जीको स्वस्थ्यमा क्रमिक सुधार भएको बताइएको छ । दर्जीलाई १५ गते धरान स्थीत बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लागिएको थियो । उनको मेरुदण्डमा बोन टिबी भएको मेरुदण्डले काम नगर्ने भए पछि स्टीलको रड लगइएको चिकित्सकको भनाइ उद्रित गर्दे अभियान्ता जसकुमार तामाङले जानकारी दिए । बिरामीलाई हाल नर्मल वाडमा चिकित्सकको नियमित निगरानीमा राखिएको र उनको शारिरिक ब्ययम पनि गराइरहेको जनाइएको छ । हाल उनलाई भेट्न शुभचिन्तक तथा सहयोगी दाताहरुको भिड लाग्ने गरेको छ । दर्जीको स्वास्थ्य अवस्थ्य सामान्य भए संगै उनले उपचारमा संग्लग्न चिकित्सक , नर्स, उपचारमा सहयोग गर्नुहुने सबै सहयोगी मन प्रति हार्दिक आभार प्रकट गरेका छन । सबै सहयोगी मनहरुले गर्दा आफुले पुनः जन्म पाएको भन्दै भाबुक भए । यस्तै सहयोगी मन सबैको भए कोही पनि गरिब अकालमा नै संसार छोड्न नपर्ने रहेछ भनि सबैलाई धन्यबाद दिन भ्याए । यता चिकित्सकले उनको स्वास्थ्य नर्मल हुदै आएकोले केहि दिन पछि डिस्चार्ज हुन सक्ने जानकारी दिएको बतायएको छ ।
दर्जीको स्थानीय बासी तथा देश बिदेशमा रहेको सहयोगी मनहरुबाट आर्थिक संकलन गरि उपचार गरिएको इन्द्र दर्जी बचाउ अभियानका सचिब गंगा ओझाले बताए । उनका अनुसार उपचारमा के कति खर्च भयो बिरामीको डिस्चार्ज भए पछि मात्र थाहा हुने बताए । त्यस्तै यस अभियानमा के कति कहाँ काहाँ बाट आर्थिक संकलन भयो बिरामीलाई घरमा ल्याए पछि हिसाब सार्बजानिक गरिने समेत अभियानका सचिब ओझाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्