बैंकको ब्याजदरको विरोधमा दमकका व्यवसायी, बुझाए विभिन्न स्थानमा ज्ञापन पत्र

0
159

 दमकमा बैंकको ब्याजदर घटाउनु पर्ने माग गर्दै दमकका ब्यापारीहरूले  बैंकमा ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ को नेतृत्वमा गएको १०० बढी व्यवसायीको टोलीले ईलाका प्रशासन कार्यालय र दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरुलाई भेट गरी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य पशुपति बरालले व्यवसायीहरुले हाल बढ्दो ब्याजको मार खेप्नु परेको बताए । उनले चर्को ब्याजदरको विरोधमा चरण बद्ध आन्दोलन चलिरहेको बताउँदै बुधबार दमक चौकमा मौन जुलुस र २ घण्टा बैंकमा कारोबार नगर्ने जस्ता कार्यक्रम रहेको र कात्तिक २५ गते मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने ,२८ गते नेपाल रास्ट्र बैंकमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here