डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको उपचार शुरु ,अहिले मेरुदण्डको अप्रेशन हुदै ।

डुडामारी । झापा शिवसताक्षी ८ डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको उपचार शुरु भएको छ ।
स्थानीय बासीको पहलमा बिरामी दर्जीको उपचार धरान स्थीत बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भइरहेको हो । लामो समय देखि मेरुदण्डमा बोन टिबी भइ आर्थिक अभाबको कारणले ओछियानमा थलिएर बस्न बाध्य दर्जीको आइतबार अप्रेशन भएको हो । उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको बतायएको छ । दर्जीको जीवन रक्षाको लागी स्थानीय समाजसेबी पदमशुन्दर भण्डारीको सम्योजकमा इन्द्र दर्जी बचाउ अभियान गठन गरि सहयोगको अपिल शुरु गरिएको अभियानका सचिब गंगाप्रसाद ओझाले बताए । उनका अनुसार सामाजीक संजालबाट दर्जीको जीवन रक्षाको लागी अपिल गरिएको र हाल स्थानीय बासी ,बिभिन्न संघ संस्था लगायत स्वादेश तथा बिदेशमा रहने सहयोगि मनकारी दाताहरुबाट हाल सम्म ६ लाख बडि आर्थिक सहयोग प्राप्त भइसकेको जानकारी दिए । दुइ छोराका पिता समेत रहेका दर्जीको आफ्नो घर जग्गा समेत नभएको र उनि डेरामा बस्ने गरेका छन । उनको ज्यानलाई सन्चो भएको अवस्थामा टेलरिङ ब्याबसाय गरेर घर ब्याबाहार समाहल्दै आएका थिए तर आफै डाडको समस्याले थला परेपछि ब्यबसाय चौपट भइ घरमा नै रेष्ट गर्दै आएका थिए । आय आर्जन हुन छोडे पछि आफुलाई औषधी उपचार गर्न र घर खर्च गर्जो टार्नको लागी श्रीमतिलाई बैदेसिक रोजगारीको लागी खाडी मुलुकमा पठाएको तर उनको पनि आयश्रोत राम्रो नभएको बताइएको छ । यता बिरामी इन्द्र दर्जीको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गएपछि उनको उपचारको लागी स्थानीय बासीहरुबाट आर्थिक संकलन शुरु गरि उपचार शुचारु गरिएको र हाल स्वदेश तथा बिदेशबाट पनि आर्थिक सहयोग हाउने क्रम जारी रहेको अभियान्ता जसकुमार तामाङले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्