झापाको झिलझिलेमा १५ गतेबाट प्रदेश स्तरीय भेट्रान फुटबल खेल संचालन हुने

झिलझिले÷झापाको झिलझिलेमा यहि १५ गतेबाट प्रदेश स्तरीय भेट्रान फुटबल खेल संचालन हुने भएको छ ।
झिलझिले भेट्रान क्लबको आयोजनामा हुने प्रतियोगिता शिवसताक्षी ं ११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा यही कार्तिक १५ गतेदेखि २४ गते सम्म संचालन हुने आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ , जसमा दमक लखनपुर भेट्रान फुटबल क्लब ,बिर्तामोड भेट्रान क्लब ,भद्रपर भेट्रान क्लब ,उर्लाबारी भेट्रान क्लब ,काकडभिट्ट भेट्रान क्लब ,बिराटनगर भेट्रान क्लब ,कन्काई भेट्रान क्लब ,धरान भेट्रान क्लब , आयोजक ए र बी भेट्रान फुटबल क्लब बीच प्रतियोगिता हुने सचिब प्रवेश दाहालले बताएका छन् । राष्ट्रका लागि खेलकुद ,स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ ढल्कीदो उमेरका खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । प्रतियोगिता संचालनको लागी ८ लाख २५ हजार खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक दिपेश रिजालले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगिताको प्रत्येक खेलमा मेन अफ दि म्याच २ हजार रुपैँया सहित मेडल ,ट्रफी साथै प्रमाण पत्र वितरण गरिने छ । त्यस्तै हाइस्कोर ,बेस्ट डिफेन्ड,बेस्ट मिट फिल्डर , बेस्ट गोल किपरलाई,२–२ हजार र पोयर प्ले टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
झिलझिले भेट्रान फुटबल क्लब २०७५ सालमा स्थापित संस्था हो । खेलमा ४० वर्ष उमेर माथिका ७ जना ,३८ बर्ष उमेर समूह माथीका ३ जना र ५० बर्ष देखि माथीका १ जना खेलाडी सहभागी अनिबार्य गराइनु पर्ने क्लबका प्रबक्ता राम भेटुवालले बताए ।
प्रतियोगिताको विजेता टिमले ५० हजार नगद सहित मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ ।
पत्रकार सम्मेलको अध्यक्षता बमबहादुर राईले गरेका थिए । सम्मेलनमा क्लबका पदाधिकारी तथा सदस्यहरु सचिव प्रवेश दाहाल , सञ्चार संयोजक पवन चाम्लिङ राई ,टिम म्यानेजर दिलकृष्ण मगर , आर्थिक संयोजक ,दिपेश रिजाल र सदस्यहरु दिवस राई धुुर्व लावती खड्ग सिंह राई ,जीवन तामाङ , तिलक राई , प्रदिप कार्की ,दिपेन याक्थुम्बा,नरविर फागो (भाग्य)लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्