शिवसताक्षी । बिश्व हिन्दु महासंघ झापा शाखाले शनिबार शिवसताक्षी ८ का १सय४२ जाना जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराएको छ ।
बिश्व हिन्दु महासंघ झापा शाखाले जेष्ठ नागरिकहरुलाई झापाको बिभिन्न तिर्थ स्थलहरुमा तिर्थ यात्रा गराएको हो । उनिहरुलाई शनिबार बिहान झिलझिलेबाट शुरु गरिएको तिर्थ यात्रा झापाको चारआली स्थित पाउ पाथीभरा , अर्जुन्धारा जलेश्वरधाम , जामुन खाडि पार्क हुँदै सताक्षीधाम सम्मको यात्रा गराइएको बिश्व हिन्दु महासंघ झापाका अध्यक्ष शिबप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार जेष्ठ आमा बुबाहरुलाई भोजन तथा प्राथमिक स्वास्थयको समेत हेरचाह गरि तिर्थ यात्रा गराइएको हो । जेष्ठ नागरिक भनेको जिउदो इतिहास र जिउदो देवता भएकोले वाहाँहरुको सुस्वास्थ्यको कामना गरि सताक्षीधाममा १ सय ४२ वटा नै दीप प्रज्वलन गरेर तिर्थयात्रा कार्यक्रम समापन गरिएको थियो ।
उक्त कार्यक्रममा राज्स्व अनुसन्धान कार्यलय झापाका प्रमुख तीर्थराज खनाल शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्रा , बिश्वहिन्दु माहासङ केन्द्रिय पबक्ता धुर्ब सिवाकोटी नेपाल ु बिश्वहिन्दु माहासङका केन्दीय सदस्य आचार्य मुकुन्द नेपाल स्थानीय समाजसेवी बिजय खरेल , सताक्षीधाम बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा लगायतले कार्यक्रमको प्रशंशा गर्दै मन्तब्य राखेका थिए । यस तिर्थ यात्रा कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।