डुडामारी । झापा शिवसतक्षी ८ डुडामारीका बोन टिबी पिडित इन्द्र कुमार दर्जीको उपचारको लागी देश बिदेशबाट आर्थिक सहयोग आउने क्रम शुरु भएको छ ।
बिगत लामो समयदेखि डाड दुख्ने समस्याले ग्रसित भएको दर्जीले उपचारको क्रममा बिभिन्न अस्पतालमा ठुलो धन राशी खर्च गर्नु परेको बताए । तर रोग भने निको हुन सकेन बरु थप जटिल हुदै गयो । भएको श्री सम्पति पनि सकियो रोगले भने जरा गाड्दै गयो । डाड दुखाइले गर्दा दर्जि अहिले ओछयानमा छटपटाइ रहेका छन । दुइ छोराका पिता समेत रहेका दर्जीको परिवारमा ठुलो संकट आई लागेको छ । आफ्नो घर जग्गा समेत नभएक उनि डेरामा बस्ने गरेका छन । घर खर्च गर्जो टार्नको लागी उनको श्रीमति पनि बैदेसिक रोजगारीमा खाडी मुलुकमा रहेकी छन । तर उनको पनि आयश्रोत राम्रो नभएको बताइएको छ । दर्जीको पिडालाई छरछिमेकीहरुले टुलु टुलु हेरेर बस्न सकेन अनि जसरी पनि बिरामी दर्जीलार्य बचाउनु पर्छ भनेर स्थान्ीय समाजसेबी पदमशुन्दर भण्डारीको संयोजकम इन्द्रकुमार दर्जी बचाउ अभियान शुरु गरि अहिले देश बिदेशमा रहने सहयोगी मनहरुबाट आर्थिक संकलन धमाधम हुन थालेको अभियानका सचिब गंगाप्रसाद ओझाले बताए । उनका अनुसार हाल २लाख बडि रकम संकलन भइसेको र अझै आउने क्रम जारी रहेको समेत बतए । पिडित दर्जीको धरान स्थीत बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार गरिएको थियो । त्याहाँका डाक्टरका सल्लाह अनुसार मेरुदण्ड स्टील लगाउनु पर्ने हुन्छ स्टील लगाएको खर्च ५ लाख बडि हुने बताए पछि उनि घरमा नै आछ्यान लगाएर बस्न बाध्य भए । आहिले स्थान्ीयहरुको सक्रियतामा आर्थिक संकलन गर्न थालेपछि उनको मुहारमा खुशी छाएको छ । सबैले साथ र सहयोग गरि छोरहरुको मुख हेरेर भए पनि मलाई बचाइ दिन बिलौना गरे । यता इन्द्रकुमार दर्जी बचाउ अभियानका अभियान्ता जसकुमार तामङका अनुसार सामाजिक संजाल , अनलाइन न्युज पोटल र छापा माध्यमबाट पनि प्रचार प्रसारमा तिब्रता दिइएको छौ । प्रचार प्रसार कै कारण हमिलाई देश बिदेशबाट आर्थिक सहयोग पठाउने गरिरहनु भएको छ । उहाँहरुको सहयोगलाई सिरोपर गरि हामी बिरामीलाई हिन्दु धर्म मान्ने नेपालीहरुको दोस्रो ठुलो चाड तिहर पछि उपचारको लागी घोपा क्याम्प धरान लगिने बताए । यदि बिरामी लाई सहयोग गर्नको लागी एन आइसी एसिय बैक खाता न. १३१५७५२४२७४८१००१ वा बिरामीको फोन नम्बर तथा इ–सेवाको लागी ९८१८८२८९३१ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
डुडामारीका बोन टिबी पिडितलाई उपचारको लागी आर्थिक सहयोग आउने क्रम शुरु
फेसबूकमा कमेन्ट्स गर्नुहोस्