नेकपा (एस) शिवसताक्षीले दशैको शुभकामना आदन प्रदान कार्यक्रम गर्यो

शिवसताक्षी । नेकपा (एकीकृत समाजबादी) पाटी शिवसताक्षी नगर कमिटीले आज शनिबार दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
दुधे स्थीत आदिबासी जनजाती सामुदायीक भवनमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रमा नगरका ११ वटै वडाबाट ५ सय बडि नेता , कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । हिन्दु धर्मलम्बी नेपालीहरुको महान पर्ब बिजय दशमी , दिपावली तथा छैट पर्बको शुभकामना संगै पाटीको नयाँ योजना तथा आउदै गरेको निर्बाचनलाई समेत लक्षित गरेर पाटीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत गराइएको थियो ।

कार्यक्रका प्रमुख अतिथि नेकपा एसका केन्द्रिय परिषद सदस्य तुलसी प्रसाद भट्टराईले आगमी निर्बाचनमा नेकपा एमालेलार्य यस क्षेत्रबाट परास्त गर्न कुनै कसर बाँकी नराख्ने धारणा ब्याक्त गरे । एमाले अध्यक्ष केपी ओलीको दम्भ कै करण आफुहरु फरक धारमा उभिनु परेको जनतालाई अवगत भएकोले सबै नागरिक सचिएर एमालेको घमण्ड तोड्ने अवसर आएकोले यो अवसर नगुमाउन सबै मतदाताहरुलाई आग्रह गरे । त्यस्तै नेकपा एसका नेता तथा बागमति प्रदेश तथा उपत्यका बिषेश कमिटी सदस्य कमल साप्कोटाका अनुसार केन्द्रको गठबन्धन दल संग छलफल भइरहेकोले यस निर्बाचन क्षेत्र नम्बर ४ को (ख) मा हाम्रो पाटीको दाबी रहेकोले गठबन्धन दलहरुको सकरातमक कुरा आइरहेको जानकारी गराउदै मतदाताहरु कसैको भ्रममा नपर्न अनुरोध समेत गरे । त्यसतै कर्यक्रमका सभापति तथा शिवसतक्षी नगर कमिटी अध्यक्ष नबिन इजमले हिन्दु धर्मलम्बीहरुको महान चाडको अवसर पारेर नगर बासी , पाटीका कार्यकर्ता तथा शुभचिन्तकहरु समक्ष शुभकामना आदान प्रदान गर्दै भाइचाराई मझबुद बनाउनको लागी पनि यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने चाड बाड सकिए संगै निर्बाचनको चटारो परेकोले यस क्षेत्रमा आफनो पाटीको दबी रहेकोले गठबन्धन सहमत भए गठबन्धन भएर नभए एकल चुनाबी मैदानमा होमिन सकिने सबैलाई जानकारी गराए ।

नगर स्तरिय भएको कार्यक्रममा प्रगतिशिल शिक्षक संगठनका केन्द्रिय सदस्य सोमनाथ गरागाई ,नेकपा (एकीकृत समाजबादी) केन्द्रिय परिषद सदस्य केन्द्र प्रसाईं, बागमती प्रदेश कमिटी सदस्य कमल सापकोटा, प्रदेश १ का सदस्य सिताराम आचार्य  समाजबादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राई लगायतको शुभकामना मन्तब्य रहेको थियो भने कनकाई नगर कमिटी अध्यक्ष प्रतिक राजबंशी, बिन्दु थापा मगर, समाजबादी लिम्बु संघका केन्द्रिय सदस्य सान्तोष इजम, भानुमाबी लाल झोडाका बि ब्य सका अध्यय खेम मैनाली लगायतको हभागिता रहेको थियो ।

सब्य र भब्य रुपमा सफल भएको कार्यक्रमको स्वगत मन्तब्य उपाध्यक्ष खड्ग खापुङले गरेका थिए भने संचालन नगर सचिब शन्तिराम न्योपानेले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्