युवाको सक्रियतामा फाक्तेप टोलमा सरसफाई ,सडक बत्ति जडान

फाक्तेप । झापाको शिवसताक्षी ७ र ८को फाक्तेप टोल र सिमाना टोलमा चाड पर्बलाई लक्षित गरेर सरसफाई गरिएको छ ।
डुडामारी देखि दक्षिणी भेल्ट तर्फ जाने सडकको बिकास चोक देखि फाक्तेप चोक सम्मको सडक दुबै किनार तर्फ सरसफाई गरिएको छ । स्थानीय फाक्तेप फुटबल क्लबको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा स्थानीय युवाहरुको उत्साह जनक सहभागिता रहेको थियो । टोलबासीमा सामुहिक भावनाको बिकाश गर्न र टोल सफा राख्न सरसफाई कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष बमप्रसाद चेमजोङले बताए । टोल प्रवेस गर्ने मार्गमा रहेका झार जंगल सफाई गर्दै मच्छड, किरा फट्यांग्रा बस्ने बासस्थान समेत नष्ट गरिएको अध्यक्ष चेम्जोङले जानकारी दिए । बाटोको दुवै तर्फ झार पलाउन थालेकोले सडकै ढाक्ने अवस्था पुगेको थियो । झार र फोहर हटाउन समुहिक आभियान सञ्चालन गरिएको क्लबका आर्थिक संयोजक दिपक शेर्माले बताए । सबै टोलबासी मिलेर आज आफ्नो सडक क्षेत्र सफा गरेको उनले बताए । अभियानलाई निरन्तरता दिईने भन्दै क्लबका सचिब सन्तोष शेर्माले अब कम्तिमा पनि महिनाको एक पटक यसरीनै टोलको सरसफाई गरिने उनले बताए । यो अभियानलाई निरन्तरता दिईए मात्रै टोल सफा हुने भएकोले अभियान निरन्तर चलाइनु पर्ने स्थानीयबासी तथा सरसफाई अभियान्ता राज लिम्बुको भनाई छ । त्यस्तै चाड पर्बलाई लक्षित गरेर स्थानीय बासीहरुको आर्थिक सहयोगमा सडक बत्ति बालीएको छ भने सिमाना चोकमा बाँसको फलैचा समेत निर्माण गरिएको छ । त्यसैगरि परम्परा देखि नै लगाउदै आएको लिङगे पिङ पनि बनाइएको छ । सिमना चोकमा बिभिन्न रमाइलो खेल समेत खलाईने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्