दशैको मुखमा बिपन्न परिवारले खाद्यन्य पाएपछि खुशीले दङग

डुडामारी । भारतीय मुलका नागरिक लण्डन निवसी गोरदीप सिंह (देब)को आर्थिक सहयोगमा शिवसताक्षीका अशक्त तथा बिपन्न नागरिकहरुलाई राहात बितरण गरिएको छ ।


हिन्दु धर्मलम्बीहरुको महान पर्ब बडादशैलाई लक्षित गरेर बिहिबार शिवसताक्षी ८ स्थीत किराँत माङहिममा २५ जना अशक्त तथा बिपन्न परिवारलाई नगद सहित खद्यन्य सामग्रीहरु बितरण गरेको कार्यक्रम संयोजक भिमप्रसाद शेर्माले जानकारी दिए । उनका अनुसार प्रति परिवार नगद २ हजार सहित चामल १ बोरा , दाल २ केजी , चिन १ केजी ,खाने तेल १ लिटर र चाउचाउ १ काटन बितरण गरिएको थियो ।


चाडबाडको बेला कोही पनि नागरिकको चुला बाल्नबाट बञ्चित हुन नपरोस भनेर नै यस्तो खाद्यन्य बितरण गरिएको आयोजकले बताएको छ । उक्त आर्थिक सहयोग शिवसतक्षी ८ डुडामारी निवासी हाल लण्डनमा कार्यरत मनिष शेर्माको पहलमा भएको हो । शेर्मा बिगत ११ बर्ष देखि लण्डनमा कार्यरत रहेको पारिवारिक श्रोतले बताएको छ । यता राहत प्राप्त गरे पछि शिवसताक्षी ७ फाक्तेपकी ५८ बर्षिय कृष्णमाया आङबो खुशीले दङग परेको सुनाइन चाडबाडको मुखमा के खाउ र के लाउ भनेर भौतारी रहेको अवस्थामा नगद सहित खाद्यन्य पाए पछि मख्ख परेको बताइन ।

भुमिहिन एकल महिला ,त्यसमाथी शारिरिक रुपमा कम्जोर आङबोलाई यस राहतबाट दशै टर्ने भए पछि खुशी हुदै सहयोगाी मन प्रति धन्यबाद प्रकट गरिन । त्यस्तै अर्की शिवसताक्षी २ मंगलबारेकी सबिना सन्थाल पनि राहात स्वरुप खद्यन्य पाएपछि घरमा बल्ल दशै आएको बताइन । आफुहरु बिपन्न्न भमिहीन भएकोले सधै चाड पर्ब मनाउन सकस पर्ने गर्दथियो । आफ्नो लागी चाडबाडै नआएको जाती जस्तो लाग्छ तर के गर्न आफ्ना लालाबालाको लागी भए पनि बर्ष दिनमा आउने चाडलाई ऋण गरेरै मनाउन बाध्यता हुन्थ्यो तर आज यसरी नगद सहितको खाद्यन्यको सहयोगले आफ्नो घर र भान्सा नै उज्यालो हुने भयो भन्दै गहभरी आँशु पारि सुनाइन ।

सो अवसरमा राहात बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुअ अतिथि वडा नम्बर ८का वडाध्यक्ष सन्तकुमार फेवदेनले यो मानविय सहयोगको प्रशंशा गरे । उनले बिश्व प्रख्यात अल्बर्ड नोबेलको उदाहरण दिदै सबै हुने खाने नागरिकहरुले आफनो मुठी खकुलो पारि बिपन्न बर्गका नागरिक हरुलाई थोरै भए पनि सकेको सहयोग गर्न सके पुन्य हुने भन्दै सहयोगी बन्न सबैलाई आग्रह गरे ।

उक्त राहात बितरण कार्यक्रममा किराँत निङवाभु माङहिमका अध्यक्ष जितेन्द्रराज चेम्जोङ, संघिय लोक्तान्त्रीक राष्ट्रिय मञ्च ,संघिय लिम्बुवा प्रान्तिय मञ्च नेपालका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभासदस्य पदका प्रत्यसी उमेद्धार लाहानसिह तुम्बापोले सहयोग दातालाई धन्यबाद दिदै हामी हामीमा सहयोगको भावना बृद्धि गर्न आवश्यक रहेकोले आर्थिक सम्पन्न भएकाले बिपन्न बर्गलाई सहयोग गरे समाज रपान्तरण हुन धेरै समय नलाग्ने बताउदै दशैको सबैलाई शुभकामना दिएका थिए । कार्यक्रमा वडा सदस्य टिकामाया खाती, समाजसेबीहरु दलकुमार शेर्मा , इन्द्र कुमार शेर्मा ख्याम सम्बाहम्फे लगाउतको सहभागिता रहेको थियो । यो कार्यक्रम बिगत ३ बर्ष देखि निरन्तर रुपमा असक्त तथा बिपन्न नागरिकलाई राहात बितरण गर्दै आएको भन्दै कार्यक्रको सहसम्योजक योगिता शेर्माले कार्यक्रमको औचित्य प्रस्तुत गरेकी थिइन भने भिमप्रसाद शेर्माको सभापत्त्विमा भएको कार्यक्रमको संचालन निशा शेर्माले गरेकी थिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्