दमक । दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ ।
दमक थुलुङ डेन्टल क्लिनिकले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको जानकारी गरिएको हो । दमक ६ स्थित बैक लाइनमा रहेको थुलुङ क्लिनिकले दाँतको विधागत विशेषज्ञ सहितको सेवा दिन शुरु गरेको क्लिनिकको सञ्चालक तथा डाक्टर सोफिया थुलुङले जानकारी दिइन ।
क्लिनिकले चाड पर्बलाई लक्षित गरेर घटस्थपाना देखि छैट पर्ब सम्म दन्त सम्बन्धी सबै बिरामीहरुलाई ५० प्रतिशत छुटमा उपचार गर्ने समेत उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
यस डेन्टल क्लिनिकमा डा. थुलुङ , डा.अस्मिता शाह, डा रत्न मिश्र, डा. रोजिना शाक्य ,डा.रवि आचार्य ,डा.अजित कुमार यादव लगायतका ७ जनाको विशेषज्ञहरुले सेवा दिइरहेको दमक थुलुङ डेन्टलका संचालक डा. सोफिया थुलुङले बताइन ।
पत्रकारको जिज्ञासामा आफुले ३ वर्ष अघि लाइफ लाइन अस्पताल दमकमा सेवा गरेर साढे २ वर्ष युकेमा गएर दन्त चिकित्सकको रुपमा काम गरेर स्वेदश फर्किएपछि आफनै लगानीमा उक्त डेन्टल २ महिना अघि देखि सञ्चालनमा ल्याएको भए पनि आज प्रचार प्रसारलाई समेत ध्यानमा रखेर सेवालाई बिस्तार गरिएको हो ।
सो क्रममा हरेक महिना एक विपन्न दन्त रोगीको निशुल्क उपचार गरी समाजमा रहेर सामाजिक उत्तरदायित्व बहन गरेको पनि उनले बताइन । विरामीलाई इन्डो मोटर मार्फत दाँतको आरसिटी आधा घण्टामा गरिने गरेको डाक्टर अस्मिता शाहले बताइन । सहज र सरल तरिकामा गुणस्तरीय औजार ,मेशिन मार्फत दन्त रोग विशेषज्ञ द्धारा सेवा दिइरहेको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
दाँत भर्ने , मुख तथा दाँतको जाँच निदान र उपचार , दाँतको जरादेखि उपचार (आरसिटी) गर्ने ,
दाँत उखेल्ने , कृत्रिम दाँत राख्ने , बाङ्गाटीङ्गा दाँत मिलाउने , बच्चाको दाँतको उपचार गर्ने , दाँतको गिजा परीक्षण सफाई र उपचार गर्ने साथै सामुदायिक दन्त परीक्षण शिविर गर्ने लगायतका सेवा क्लिनिकले दिने गरेको डा. थुलुङले जानकारी दिइन ।
कार्यक्रममा सहभागी दमक थुलुङ डेन्टलवाट सेवा लिइरहेकी दमककी महिला नेतृ इक्सा सम्वाहाम्फेले हिजोको दिनमा गुणस्तरीय दन्त सेवा लिन दमक भन्दा वाहिर धाउनु पर्ने बाध्यताको अन्त भएको बताउनु भयो । सोफियाको दन्त उपचार सँगै समाज सेवा पनि प्रशंसनिय रहेको उनको भनाइ छ । सो अवसरमा पत्रकार ,सञ्चारकर्मीहरुले दन्त सेवा लिदा ५० प्रतिशत सम्म छुट दिने पनि डा. सोफियाले घोषण गरिन । साथै बिद्यार्थी र जेष्ठ नागरिकहरुलाई ओपिडी शुल्क नलिने समेत बताइएको छ ।
डाक्टर सोफिया थुलुङ दमकका पुराना फिजिसियन डाक्टर तथा थुलुङ क्लिनिकका संचालक स्वर्गिय डाक्टर सहदेब थुलुङको छोरी हुन ।
दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि युक्त दन्त सेवा दिने , डा. सोफिया
फेसबूकमा कमेन्ट्स गर्नुहोस्