डुडामारीमा मोक्तान सप्लायर्स एण्ड फेसन वयेर संचालनमा

डुडामारी । झापाको शिवसताक्षी ८ स्थीत डुडामारीमा मोक्तान सप्लायर्स एण्ड फेसन वयेर संचालनमा आएको छ ।
स्थानीय जसकुमार तामाङ र शान्ति तामाङले चाड पर्बलाई लक्षित गरि आज एक कार्यक्रमको आयोजना गरि मोक्तान सप्लायर्स एण्ड फेसन वयेरको शुभारम्भ गरिएको हो । डुडामारी स्थीत घिमिरे महलमा रहेको यस फेशन वयेरमा बच्चा देखि बृद्ध सम्मका लागी रेडिमेट कपडा , जुक्ता चप्पल , ब्याग, बालबालीकाहरको खेलौना साथै स्पोर्टका आइटमहरु समेत सुफत मुल्यमा उपलब्ध हुने प्रोप्राइटर शान्ति तामाङले बताइन । उनका अनुसार अब यहि सामान खरिद गर्नको लागी याहाँका ग्राहकहरुलाई दमक र बिर्तामोड सम्म जानु पर्ने झन्झट हट्ने भएको बताइन । बिगत लामो समय देखि जुत्ता चप्पल र ब्यागका आइटमहरु मात्र ब्यबसया गर्दै आएकोमा आज बाट नयाँ स्थान घिमिरे महलमा कापडा र स्पोर्ट आइटमाहरु थप गरिएको हो । करिब २५ लाख रुपैयाको लागतमा शुभारम्भ गरिएको सप्लयर्स एण्ड फेसन वयेरको उद्धघाटन स्थानीय ब्यबसायी तथा सामाजिक तथा बौधिक ब्याक्तित्व कमल तामाङले गरेका थिए । ग्राहाकहरुलाई दशैको अवसरमा हरेक सामान खरिद गर्दा बिशेष छुट दिइने समेत बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्