झापा ४ को चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार नन्दराज राई ,दललाई चुनौती ,

शिवसताक्षी । झापाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा शिवसताक्षी ८ झिलझिलेका पुराना शैक्षिक तथा सामाजिक व्यक्तित्व नन्दराज राईले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।
अर्थशास्त्रमा स्नाकोत्तर तह हासिल गर्नुका साथै कृषि विज्ञानको समेत अध्ययन पूरा गरि शैक्षिक संस्थाको स्थापना गर्दै सामाजिक , व्यवसायिक र शैक्षिक क्षेत्रमा अब्बल नेतृत्वकर्ताका रुपमा स्थापित राईले वैकल्पिक स्वतन्त्र शक्तिले परिवर्तनको मार्ग खोजेको जिकिरसहित आफनो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।
राईले आज शुक्रबार बुद्ध चोक स्थीत युङगी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त निर्बाचनमा झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उमेद्धारी दिने घोषणा गरेका हुन ।

झिलझिले स्थीत संस्कार बोडिङ स्कुलका संस्थापक फाउण्डर तथा ब्यबसायी समेत रहेका राईले राजनितिक दलको बिकल्पको रुपमा आफुले उमेद्धारी दिएको उक्त पत्रकार सम्मेलनमा बताए । देशको मुहार फेर्नको लागी आफ्नो मत बदलौ भन्ने मुल नारा सहित निर्बाचनमा होमुनु भएका राई युवा माझ निकै लोकप्रिय मानिन्छन । झापा क्षेत्र नम्बर ४ का नगरिकहरुको समस्यलाई नजिकबाट नियाली रहेको हुनाले आफु निर्बाचत भएमा यस क्षेत्रको समधान नै पहिलो प्रथामिकता रहने राईले भने । राईका अनुसार अहिले नेपाली जनताहरु राजनिनिक दलबाट आजित बनेका छन । नेताहरु निर्बाचनको बेला झुटो आश्वसनको पोको बाड्ने अनि जितेर गए पछि फर्केर नआउने परिपाटीले गर्दा जनतामा दलका नेता प्रति बितृष्णा भएकोले पनि स्वतान्त्र ब्यक्तिको उदय भएको हो । आफु जनाता प्रति बफदार रहि निर्बाचनमा होमिन लागेको समेत उक्त पत्रकार सम्मेलनमा बताए ।
निर्बाचनमा आफु बिजयी भएमा आफुले सेवा सुबिधा नलिने र उक्त सेवासुबिधाको रकमबाट यस क्षेत्रको स्वास्थ्य ,शिक्षा, रोजगार लगायतमा खर्च गर्ने राईले पत्रकार सम्मेलनमा जानकारी गराए । जनताको आधारभुरत आवश्यक्ता परिपुर्ति संगै बृद्धि बिकासको लागी उल्लेखिय भुमिका निर्बाह गर्ने बताउदै जनताहरु अब सचेत हुन आवश्यक रहेकोले क्षमता वान र भिजन भएको उमेद्धारलाई आगमी निर्बाचनमा मतदान गर्न समेत सबै मतदाताहरलाई आग्रह गरेका छन ।


झापा क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट एलपी साँवा लिम्बु र नेपाली कांग्रेसको तर्फबाट गठबन्धनमा आवद्ध दलहरु समेतको समर्थनमा कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवेबीच सांसदका लागि चुनावी प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । भने राप्रपाले युवा नेतृ खुश्बु ओलीलाई अघि सारेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा अन्य कतिपय उम्मेदवारहरु पनि यो क्षेत्रमा आउन सक्ने सामाजिक सञ्जालहरुमा देखिएको छ । नन्दराज राईले लोकतन्त्रमा जनताको अभिमत लिने र जनताबाट अनुमोदित हुन पाउने अधिकार सबैलाई भएको भन्दै अन्य उम्मेदवारहरुका बिषयमा आफू कुनै टिका टिप्पणी नगर्ने बताउँदै आफू एजेण्डासहित सशक्त रुपमा चुनावी अभियानमा लाग्ने बताए ।
यस ४ नम्बर निर्बाचन क्षेत्रमा कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटिएर बनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्