झापा ४ बाट पुर्ण नेम्बाङको स्वातन्त्र उमेद्धारी घोषणा

शिवसताक्षी । झापाशिबसताक्षीका १ धरमपुरका पुर्ण नेम्बाङ आसन्न मंसिर ४ गते हुने निर्बाचनमा स्वातन्त्र उमेद्धारी दिने घोषणा गरेका छन ।
नेम्बाङले आज बुधबार धरमपुरमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त निर्बाचनमा झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उमेद्धारी दिने घोषणा गरेका हुन । पुर्व शिक्षक तथा कृषि फार्म संचालक समेत रहेका नेम्बाङ राजनितिक दलको बिकल्पको रुपमा आफुले उमेद्धारी दिएको उक्त पत्रकार सम्मेलनमा बताए । उनले भने अहिले नेपाली जनताहरु राजनिनिक दलबाट आजित बनेका छन । नेताहरु निर्बाचनको बेला झुटो आश्वसनको पोको बाड्ने अनि जितेर गए पछि फर्केर नआउने परिपाटीले गर्दा जनतामा दलका नेता प्रति बितृष्णा भएकोले पनि स्वतान्त्र ब्यक्तिको उदय भएको हो । आफु जनाता प्रति बफदार रहि निर्बाचनमा होमिन लागेको बताउदै निर्बानमा आफु बिजयी भएमा आफ्नो क्षेत्रको स्वास्थ्य ,शिक्षा, रोजगार लगायत जनताको आधारभुरत आवश्यक्ता परिपुर्ति संगै बृद्धि बिकासको लागी उल्लेखिय भुमिका निर्बाह गर्ने बताए । उनले भने जनताहरु अब सचेत हुन आवश्यक रहेकोले क्षमता वान र भिजन भएको उमेद्धारलाई आगमी निर्बाचनमा मतदान गर्न समेत सबै मतदाताहरलाई आग्रह गरेका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्