वडा स्तरीय फुटबल प्रतियोगिताको खेलतालीका सार्बजनिक

शिवशताक्षी । झापाको शिवसताक्षीमा वडा स्तरीय फुटबल प्रतियोगिता यही ४ गते बाट शुरु हुने भएको छ । आयोजकले आइतबर दुधेमा खेलतालीका सार्बजनिक गदै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । शिवसताक्षी फुटवल समिति वडा नम्बर ९ को आयोजनामा हुने प्रतियोगितामा नगरका १० वटा वडा र एउटा भेट्रानले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सुरेन लिम्बुले बताएका छन । उनका अनुसार प्रतियोगितामा वडा नम्बर ५ समाबेश नहुने भएको छ ।

नक आउटका आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल आगामी अजोज १५ गते हुने छ । हरेक दिन एउटा खेल हुने अध्यक्ष लिम्बुले जानकारी दिए । दक्ष खेलाडी उत्पादन गर्दै शिवसताक्षी नगरलाई खेलकूदको हबको रुपमा विकास गर्न यस प्रतियोगिताले सहयोग गर्ने उनको भनाई छ ।

लागु औषधमा फसेका युवालाई कुलतबाट जोगाउन र खेलप्रति युवालाई आकर्षित गर्न पनि यस प्रतियोगिताको मुख्य भुमिका रहने आयोजकको ठम्याई छ ।

प्रतियोगिता संचालनका लागि लागि कम्तिमा ४ लाख खर्चको अनुमान गरिएको आयोजक समितिका आर्थिक विभाग प्रमुख गौरी भक्त जवेगुले बताए ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मिलन चोक उत्तरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका विजेताले नगद ५१ हजार सहित प्रमाण पत्र, ट्रफी, मेडल पाउने छ । यस्तै उपविजेताले पनि २५ हजार नगद सहित अन्य पुरस्कार पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय, सर्वाधिक गोल कर्ताले २ हजार पाउने छन् भने प्रतियोगिताको म्यान अफदी म्याचका विजेताले ५ सय पाउने समितिका सचिव पवन राईले बताए ।

हङकङ ग्रुपबाट पहिलो र स्थानीय समाजसेवी अग्नी राईले दोश्रो पुरस्कार आयोजकलाई सौजन्य गरेको आयोजक समितिले जनाएको छ । यो संगै शिवसताक्षी नगरपालिका वडा नम्बर ९ले पनि १ लाख सहयोग गर्ने आयोजकलाई आश्वसन दिएको बताईएको छ । प्रतियोगिता हेर्नको लागी प्रबेश निःशुल्क गरेको आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्