गोर्खाली हर्ट नेपालको प्रथम अधिबेशनमा बोनम्यारो पिडित लाई आर्थिक सहयोग गर्ने

शिवसताक्षी । गोर्खाली हर्ट नेपालले यहि असोज १५ गते प्रथम एतिहासिक अधिबेशन गर्ने भएको छ ।
बिगत ५ बर्ष देखि बिशुद्ध सामाजिक कार्यमा समर्पित रहेर बिभिन्न सेवामुलक काम गर्दै आएको यस संस्थाले असोज १५ गते शिवसताक्षीको दुधेमा प्रथम अधिबेशन गर्न लागेको आज झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गरएको हो । यस संस्थाले गएको भदौ ६ गते जिल्ला प्रशासन कार्यलय झापाबाट बैधानिकता पाएको समेत उक्त पत्रकार सम्मेलनमा जनाइएको छ । २०७४ मंसिर देखि फेसबुक ग्रुपबाट सेवा सभारम्भ गरि हाल ३५ हजार बडि सदस्य फेसबुक ग्रुपमा जोडिएको संस्थाकी महासचिब योसा थेबेले जानकारी दिइन । उनका अनुसार कुनै पनि संस्था दर्ता गरेको ३ महिना भित्रमा अधिबेशन गरि सक्नु पर्ने कानुनी प्रबधान रहेकोले सोही अनुरुप संस्थाले अधिबेशन गर्न लागेको हो । अधिबेशन संगै संस्थाले महत्वपुर्ण कार्य गर्ने अध्यक्ष बिजय खुदाङले जानकारी दिए । उनका अनुसार बिगतका बर्षहरुमा बिपन्न दिर्गरोगीहरुलाई आथिक सहयोग गर्दै आएकोमा यस अधिबेशनको अवसरमा झापा हल्दीबारी गाउपालीकाका ३४ बर्षिय बोनम्यारो पिडित उमेश राईलाई आर्थिक सहयोग गर्ने योजना रहेकोले उक्त पुन्यकाममा सबै सहयोगी मनहरुलाई आफुले सकेको आर्थिक सहयोग गरिदिन समेत अग्रह गरेका छन ।

गैर नाफामुलक यस संसथाले झापाको शिबसताक्षीलाई मुख्य कार्यथालो बनाई देश बिदेशमा समेत आफ्नो सदस्यता बिस्तार गरि सकेको जनाइएको छ । १३ जना कार्य समिति रहेको यस संस्थाले हाल साधरण सदस्य र आजिवन सदस्य बिस्तारलाई तिब्रता दिइरहेको यस संस्थाले निकट भबिश्यमा आफुलाई अब्बल संस्थाको रुपमा स्थापित गरि सामजिक कार्यलाई निरन्तरता दिइरहने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्