दमकका भुमिहिनहरुलाई धमाधम धनिपुर्जाको निस्सा वितरण गरिँदै

0
225

दमक / दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ ।

स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन् ।

दमक १ का वडा अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताए ।
निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराईने उनले बताए । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगर प्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताए ।

त्यसैगरी नगर उप प्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताइन् । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघिय निर्वाचन अघिनै धनिपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिरहेको उनले बताइन् । कार्यक्रममा र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका दमक नगर सभापती प्रकास प्रसाईंले आयोगको काम अघि बढाउन राजनैतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए । दमकबाट भुमिहिन समस्या सदाका लागी अन्त्य गर्ने गरी नगरपालीकाले काम गर्नु पर्ने उनले बताए । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष हरी न्यौपानेले जानकारी दिए । यस अगी दमक १० का भूमिहीन

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here