डेनमार्कमा साहित्यीक कार्यक्रम हुँदै

0
124

नेपाली भाषी भूटानीहरु विश्वको जुनसुकै ठाउँमा पुगे पनि नेपाली भषा र साहित्यको उन्नयनमा लागिरहेका छन् ।

तेस्रो देश पुनर्वासबाट बिभिन्न देशमा रहेका भूटानीहरुले नेपाली भाषाको संरक्षण र संबद्र्धनमा कार्यक्रमहरु गरिरहेका छन् । यसै क्रममा डेनमार्क रहेका नेपाली भाषी भूटानीहरुले आगामी सेप्टेम्बर ३ तारिखमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम गर्ने भएका छन् । आगामी सेप्टेम्बर ३ तारिख शानिबारका दिन डेनमार्कको मिडलफार्टमा एबिसिडि र अनेसास डेनमार्कको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको एबिसिडि परिवारका सांस्कृतिक संयोजक थुप्तेन डुक्पाले जानकारी दिए ।

रचना वाचनका साथै साहित्यकार थुप्तेन डुक्पाको गजल संग्रह फर्केर पुर्व र साहित्यकार प्रकाश आङदेम्बेको नाट्यकृति LEPMUHANG को विमोचन कार्यक्रम समेत राखिएको छ । कार्यक्रममा साहित्यकारहरु सरु ज्ञवाली, रमेश घिमिरे, पुर्ण बस्नेत, शशिकुमार ढकाल, प्रकाश सापकोटा, दिपकुमार तिवारी, प्रदिप पाण्डे र सुदर्शन पोखरेलले आ आफ्ना रचना वाचन गर्ने संयोजक डुक्पाले बताए । एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीको प्रमुख आतिथ्यता र सीता बरालको बिशिष्ट आतिथ्यतामा हुने कार्यक्रममा रचना वाचन गर्न चाहनेहरुलाई आ-आफ्ना कृति सहित कार्यक्रममा उपस्थित हुन आग्रह समेत गरिएको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here