भदौ ३ देखी प्रदर्शनमा आउँदै  ‘माईकल अधिकारी’

0
163

 ‘माईकल अधिकारी’को टिम आफ्नो चलचित्रको प्रचारका लागी पुर्व आईपुगेको छ ।

चलचित्रको प्रदर्शन मिति भदौ ३ नजिकिए संगै कलाकार सहित निर्माण टिम नेपाली चलचित्रको प्रमुख बजार पुर्वमा आएको हो । आज दमकमा पत्रकारहरु संग कुरा गर्दै चलचित्र नायक सौगात मल्लले पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने सेरोगेसीको बारेमा चलचित्र निर्माण गरिएको बताए । चलचित्र आत्मियता, भावनात्मक सम्बन्धसँगै भरपुर मनाेरञ्जनले भरिएकाे  नायक मल्लले जानकारी दिए ।

हाँस्य प्रधान प्रमुख रहेको चलचित्रले अन्तिममा सामाजिक सन्देश पनि दिएको चलचित्रका निर्माता निरक पौडेलले बताए । । अभिनेता मल्ललाई अन्य सिनेमाभन्दा माइकल अधिकारीमा फरक अभिनयमा देख्न सकिने भन्दै निर्माता पौडेलले मल्लले आफ्नो भुमिकालाई पुर्ण न्याय गरेर अभिनय गरेको बताए ।

गोपीकृष्ण मुभिजको ब्यानरमा भएको चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका छन् । उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको भने  अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here