तामाङ घेदुङ संघद्धार शिवसताक्षीकी बिरामीलाई आर्थिक सहयोग

डुडामारी । नेपाल तमाङ घेदुङ संघ शिवसताक्षी नगर कार्यसमितिको पहलमा नगरको एक बिरामीलाई उपचार खर्च ३० हजार ५ सय आर्थिक सहयोग गरिएको छ ।
शिवसताक्षी ७ फाक्तेपका सुनमान तामाङको १९ बर्षिय छोरी पबित्रा तामाङको उपचारको लागी उक्त रकम सहयोग गरिएको हो । बिपन्न परिवारका तामाङको छोरीलाई एक हप्ता अघि एपेन्टिसाईड रोगका कारण सिकिस्त भई बिर्तामोड स्थीत वि एण्ड सि अस्पतालमा सफल उपचार भएको थियो । तर बिपन्न परिवारका तामाङ संग अस्पताललाई दिने आवश्यक आर्थिक नभए पछि विरामीे डिस्चार्ज नदिएको खबर पाए पछि तामाङ बन्धु समाजले उक्त सहयोग गरेको नेपाल तामाङ घेदुङ संघ प्रदेश समिति सदस्य जसकुमार तामाङले जानकारी दिए ।
बिरामी पबित्रा तामाङको हाल बिर्तामोडमा आफन्तकोमा राखेर फलोअप उपचार भइरहेको परिवारले बताएका छन ।
अरूको जग्गा बार्षिक धान ठेक्का बुझउर्ने सर्तमा खेती किसान गर्दै आईरहेका तामाङ परिवारको अवस्था अत्यान्तै दयनिय रहेको छ । बाँसको टहरा निर्माण गरेर बस्दै आएका तामाङ परिवारको जिबिको पार्जन गर्न निक्कै धाउधाउ छ । चार छोरी , दुई छोरा र श्रीमान श्रीमती गरि ८ जना परिवार रहेको सुनमान तामाङले केही बर्ष अघि छोराछोरी लाई राम्रो बिध्यालयमा पढाउने र जाउलो भात खुवाउने ईच्छा बोकेर पहाड बाट तराई झरेको बताउछन

फेसबूकमा कमेन्ट्स गर्नुहोस्