लर्ड बुद्ध फूटबल एकेडेमी झुम्का र ध्रुवतारा फुटबल एकेडेमी विजयी

0
275

दमक । झापाको दमकमा भई रहेको प्रदेश निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा लर्ड बुद्ध फूटबल एकेडेमी झुम्का र ध्रुवतारा फुटबल एकेडेमी विजयी भएका छन् ।

दमक ९ स्थित स्थानीय उराउटोल, चियाबगानको खेल मैदानमा भएको फुटबल प्रतियोगिता बिहीबार भएको पहिलो खेलमा बुद्ध फूटबल एकेडेमी झुम्काले कमल गाउँपालिका खेलकुद समिती (केर्खा) लाई २-० को गोल अन्तरले पराजित गरेको छ । बिहीबारनै भएको अर्को खेलमा ध्रुवतारा फुटबल एकेडेमीले भद्रपुर नगरपालिकालाई ३-२ को गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ ।

खेलको उद्घाटन ध्रुवतारा स्पोर्टिङ्गका क्लबका पूर्व अध्यक्ष भीम राज चौलागाई र कमल कटवालले संयुक्त रुपमा गरेका थिए ।

शुक्रबार हुने पहिलो सेमीफाइनल ध्रुवतारा फुटबल एकेडेमी र जलथल फुटबल क्लव र दोस्रो खेल धुलावारी फुटबल एकेडेमी (झापा) र लर्ड बुद्ध फूटबल एकेडेमी झुम्का बीच हुनेछ । फाइनल खेल  शुक्रबार नै हुने आयोजक ध्रुवतारा स्पोर्टिङ्गका क्लबका अध्यक्ष मोहन मगर (मिन)ले जानकारी दिए ।

प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here