असार २३ गते देखि दमकमा प्रदेश निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिता हुँदै

0
223

दमक । झापाको दमकमा रहेको ध्रुव तारा स्पोर्टिङ्ग क्लबको आयोजनामा र दमक नगरपालिकाको संरक्षकत्वमा बिहीबारदेखि प्रदेश निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिता २०७९ सुरु हुने भएको छ ।

असार २३ गते देखि हुने उक्त खेलको उदघाटन खेल बिहान ११ बजे देखि लेटाङ्ग एकेडेमी र जलथल फुटबल क्लव बीच हुने छ । त्यसै गरी सोही दिनकोको दोस्रो खेल १ :३० देखि कमल गाउँपालिका खेलकुद समिती (केर्खा) र लर्ड बुद्ध फूटबल एकेडेमी झुम्का बीच रहेको छ । सोही दिनको तेस्रो खेल भद्रपुर नगरपालिका र आयोजक ध्रुवतारा स्पोर्टिङ्ग क्लब (दमक) बीच खेल हुने छ । धुलावारी फुटबल एकेडेमी (झापा) भने बाई पाएर सीधा सेमी फाइनल  खेल्न पुगेको छ ।

१५ बर्ष भन्दा कम उमेर समूहका खेलाडी उत्पादन गर्दै आएको क्लबले  यही उमेर समूहको प्रतियोगिता गराउने भएको हो । खेलाडी हुनकालागि यही उमेर  महत्त्व पूर्ण हुने तर यो उमेरमा समूहको प्रतियोगिता कम हुने भएको कारण खेलाडी उत्पादन र खेल विकासको लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक ध्रुवतारा स्पोर्टिङ्ग क्लबका अध्यक्ष मोहन मगर (मिन)ले बताए ।

प्रतियोगितामा जम्मा ७ ओटा टीम सहभागी रहेका छन् । दमक ९ स्थित स्थानीय उराउटोल, चियाबगानको खेल मैदानमा हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको  क्लबका अध्यक्ष  मगरले जानकारी दिए ।

२३ गते देखि सुरु भएको प्रतियोगितामा सेमी फाइनल र फाइनल २४ गते हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here