दमक २ मा सुरू भयाे तिन दिने माईन्युट लेखन तालिम

0
123

दमक वडा नम्बर २ भित्र रहेका टोल बिकाश संस्थाहरुलाई वचत, लेखा तथा माईन्युट लेखन सम्बन्धि तालिम दिन थालिएको छ ।

वडा भित्र रहेका ६१ वटा टोल बिकाश संस्थाका प्रतिनिधिहरुलाई वडाको तर्पmबाट तालिम सञ्चालन गरिएको छ ।
वड नम्बर २ का वडा अध्यक्ष प्रजापती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दमक नगर उप प्रमुख रेगिना भट्टराईले टोल बिकश संस्था सक्षम भए नगरको बिकाश हुने बताइन् । नगर भित्र रहेका टोल बिकाश संस्थाहरुलाई प्रभावकारी बनाएर नगरपालीकाले बिकाशमा समन्वय गर्ने ईकाईको रुपमा बनाउन चाहेको उनले बताइन् ।

तिन दिन सम्म सञ्चालन हुने तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरु चन्द्रकला बिश्वकर्मा, कृष्णमायाँ थापा, छविलाल दुलाल र ललित बहादुर बिश्वकर्माको समेत उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा लेखा सम्बन्धि बिज्ञ दिपक खनालले सहजिकरण गरेको वडा सचिव कोईरालाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here