बिमा गर्नमा जाेड, क्षतिपूर्ति दिन अजोड इन्स्योरेन्सको आनाकानी

0
141

दमक/ दमकस्थित शान्ति कोल्ड स्टोरेज प्रालिले अजोड इन्स्योरेन्स कम्पनीमा गरेको कोल्ड स्टोरको बीमा बापतको रकम तिर्न आनाकानी गरेको छ ।

प्रालिले भ्याटसहित ८१ हजार रुपैंया तिरेर २ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा गरेको थियो ।

गएको असोज/ कार्तिक महिनामा हावाहुरीसंगै आएको भएको भारी बर्षाका कारण सो कोल्ड स्टोरमा भण्डारण गरिएको बिउ आलू कुहिएपछि अजोड इन्स्योरेन्स कम्पनीसंग कोल्ड स्टोरेजले बीमा वापतको रकम दाबी गरेको थियो ।

बिउ आलूमा प्राकृतिक विपत्तीका कारण पानी जम्मा हुन गई आलू कुहिएको भन्दै कोल्ड स्टोरेज प्रालिले तत्काल बीमा कम्पनीलाई जानकारी गराएको र लिखित रुपमा सबै प्रकृया पूरा गरि बीमा वापतको रकम माग दाबी गरिएपनि इन्स्योरेन्स कम्पनीले सुनुवाई नगरेको प्रालिका प्रवन्ध निर्देशक सन्तोष अधिकारीले बताए ।

उनले बीमा कम्पनीले नियमानुसाको क्षतिपूर्ति गर्न आनाकानी गरेका कारण बिउ आलू राखेका किसान तथा सहकारी संस्थाहरुले अहिले सम्म क्षतिपूर्ति पाउन नसकेको गुनासो गरे । उनले बीमा कम्पनीले शर्त पालना नगरी देखाएको हेपाहा प्रवृत्तिका विरुद्ध लडने चेतावनी दिए । उनले बीमा समितिसहित सरोकारवाला निकायहरुमा यस सम्बन्धिमा जानकारी गराई अजोड इन्स्योरेन्ससंग क्षतिपूर्तिका लागि पहल गरिदिन ध्यानाकर्षण गराइएको पनि जनाएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here