थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

0
150

काठमाडौं । देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार १ सय २० जनाकाे परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here