दमक ३ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

0
217

दमक / दमकमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण, प्रसब फिष्टुला, स्तन क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ३ स्थित सहरी स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा १४० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको नगरपालीका स्वास्थ्य शाखाका सि. अहेब देवीका न्यौपानेले जानकारी दिइन् ।

दमक नगरपालीकाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर १ र सुनसरीको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग रहेको थियो ।

शिविरमा परिक्षण गरेका मध्ये २ जना महिलामा पाठेघरको मुखको क्यान्सर, १० जनामा पाठेघर खसेको र ४ जनामा प्रसब फिस्टुला देखिएको सि अहेब न्यौपानेले जानकारी दिइन् ।

क्यान्सर पोजेटिभ देखिएका र प्रसब फिष्टुला देखिएका महिलाको थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । त्यसैगरी पाठेघर खसेका महिलाको उपचार सुरु गरिएको र अन्य बिरामीहरुलाई पनि औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

दमक वडा नम्बर ३ का वडा अध्यक्ष नविन बरालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर उद्घाट कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख रेगिना भट्टराईले सुरक्षीत प्रसुतीका लागी अझै पनि जनचेतनाको अभाव रहेको बताइन् । स्वास्थ्य संस्थामा गएर प्रसुती गराए बिभिन्न जोखिमहरु कम हुने भए पनि तल्लो समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्थामा पुग्न नसकि रहेको बताइन् ।

बाटो र निर्माण मात्रै बिकाश नभएको भन्दै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरपालीकाले कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा सुत्केरी भएका बेला उचित हेरचाह र उपचार नहुँदा महिलामा पाठेघरको मुखको क्यान्सर, पिसाब नरोकीने जस्ता समस्या देखिने प्रतिष्ठानका प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here