जनताको बहुदलिय जनवाद भन्दा अर्को दर्शन छैन – अग्नी खरेल

0
185

दमक / नेकपा एमाले स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलिय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन्  । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा गरेको जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक गोष्ठिमा उनले जवजकै जगमा नेपाली समाजको प्रगतीशिल परिवर्तन र विकास सम्भव रहेको बताएका हुन् ।

सो क्रममा उनले जननेता भण्डारीको दूरदर्शीताकै कारण नेपालमा कम्युनिष्ट राजनीति स्थापित भएको बताए। उनले विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भई रहेका बेला प्रतिपादित जवजकै कारण नेपालमा कम्युनिष्ट टिकेको र कम्युनिष्टहरुकै कारण समाजवादको जग तयार भएको उल्लेख गरे ।कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु रोमनाथ ओली तथा गीता अधिकारीले जवज र यसका विशेषता बारे नयाँ पुस्तामा अझै जानकारी पुर्याउन जरुरी रहेको बताए । यस्तै मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. गोपाल भण्डारीले वैचारीक स्पष्टता र सैद्धान्तिक दृढताकै कारण मदन भण्डारी नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा स्थापित भएको बताए ।

कार्यक्रममा जननेता भण्डारीका सहपाठी एवम् गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नेता भण्डारीमा सानै देखि नेतृत्व क्षमता र तिक्ष्णता रहेको स्मरण गरे । यसै गरि प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्माले जवजले अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै जवजको विकासक्रम , नेता भण्डारीको व्यक्तित्व लगायतका विषयमा प्रकास पारेका थिए। यस्तै धिमाल लोकतान्त्रिक मञ्चका सचिव मणिराज धिमालले पार्टीले जनसंगठनहरुलाई बलियो बनाउन ध्यानदिनु पर्ने बताए ।

चौतारी प्रदेश १ कमिटीका अध्यक्ष अविजाल विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवम् चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदालले स्वागत मन्तव्य राखेका थिए। चौतारी प्रदेश तथा जिल्ला कमिटीले कार्यक्रमको संयुक्त आयोजना गरेको चौतारी प्रदेश १ का महासचिव गोपाल झापालीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here