महिलाहरुलाई उत्पादनमा जोड्न सके मात्रै समाजको बिकाश हुन्छ – उप प्रमुख भट्टराई

0
138

दमक/  नगर उप प्रमुख रेगिना भट्टराईले महिलाहरुलाई उत्पादनमा जोड्न सके मात्रै समाजको बिकाश हुने बताएकी छन् ।

महिलाहरु आप्नो ब्यबहार सञ्चालन गर्न परनिर्भर भैरहँदा समाज एक पक्षिय बनेको भन्दै उनले महिलालाई उत्पादनका कुरामा जोड्न सके स्वाबलम्बि बन्ने र त्यसले सामाजिक बिभेद अन्त्य हुने बताइन् ।

दमक ४ स्थित चन्द्रमा महिला वचत समुहले सञ्चालन गरेको जडि माला र ठेकी सजाउने तालिम समापनका अवसरमा कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले यस्ता तालिमले गृहिणीहरुलाई फाईदा हुने बताएकी हुन् । घरका कामहरु भ्याउँदै आम्दामी गर्न सकेमा गृहिणीहरु पनि स्वाबलम्बि हुने भन्दै उनले महिलाहरु आत्मनिर्भर भएमा समाजका बिभिन्न प्रकारका बिभेद हटेर जाने विश्वास ब्यक्त गरीन् ।

चन्द्रमा महिला वचत समुहले दमक नगरपालीकाको सहयोगमा ७ दिने जडि माला तथा ठेकी सजाउने तालिम सञ्चालन गरेको नगरकी महिला शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् । समुहमा रहेका २० जना महिला सहभागी भएको कार्यक्रममा ललिता धिमालले जडि माला बनाउन र ठेकी सजाउन सिकाएकी थिइन् । समुहकी अध्यक्ष रुद्रकुमारी राईको अध्यक्षतामा भएको समापन कार्यक्रमा दमक वडा नम्बर ४ का वडा अध्यक्ष पुण्य दाहाल, नगर कार्यपालीका सदस्य सावित्रा भट्टराई सापकोटा, दमक ४ का निवर्तमान वडा अध्यक्ष कुमार साम्सोहाङ सहित सहभागीका तर्पबाट हेमकला न्यौपानेले बाेलेकि थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here