दमकमा लैंगक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण सम्बन्धि तालिम सुरु

0
105

दमक / दमक नगरपालीकामा आज बाट दुई दिवसिय स्थानीय तहमा लैंगक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति निर्माण सम्बन्धि कार्यशाला गोष्ठि सुरु भएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश प्रशिक्षण केन्द्रको आयोजनामा सुरु भएको गोष्ठिको दमक नगर प्रमुख राम थापाले उद्घाटन गरेका छन् ।

नगरपालीकाका जन प्रतिनिधि सहित समाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा लंैगिक समानताका लागी नगरपालीकाले बनाउनु पर्ने रणनीतिका बारेमा प्रदेश प्रशिक्षण केन्द्रका बिषय बिज्ञ केशबराज ढुंगेलले सहजिकरण गरेका छन्।

भोली सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा लक्षित समुदायलाई समाजको मुल प्रबाहमा ल्याउन बनाउनु पर्ने नीति र रणनीतिहरुका बारेमा छलफल भैरहेको नगरका समाजिक शाखा प्रमुख केशब प्रसाईंले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here