दमकका चैतन्य बराल सहित झापाका तिन जना नेपाल चलचित्र संघको केन्द्रिय सदस्यमा निर्वाचित

0
141

दमक / झापा दमक निवासी चलचित्र ब्यवासायी चैतन्य बराल नेपाल चलचित्र संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

संघको काठमाण्डौमा सम्पन्न ४७ औं साधारणसभा तथा अधिवेसनबाट बराल केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । दमकमा रहेको पाथिभरा हलका सञ्चालक तथा चलचित्र बितरक बराल यस अघि संघको पुर्वाञ्चल सभापती रहेका थिए ।

बराल सहित झापाका तिन जना चयन भएका छन् । केन्द्रिय सदस्यमा बराल, बरिष्ठ उपाध्यक्षमा दमक ३ ढुकुरपानी घर भयी हाल सुनसरीको ईटहरी निवासी कुवेर शर्मा र केन्द्रिय सदस्यमा झापाकै बिर्तामोड निवासी मिजाश पोखरेल चयन भएका हुन् ।

अधिवेसनले विरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्य समितिमा अधिवेसनबाट संघको पुर्वाञ्चल सभापतीमा निरज गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेसनले झापाकै बिर्तामोड निवासी राजकुमार पोखरेलको सम्योजकत्वमा ४ सदस्सीय सल्लाहकार समिति गमेत चयन भएको नव निर्वाचित केन्द्रिय सदस्य बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here