Friday, September 22, 2023
Homeखेलकुददमकमा खेलकुद महासंघको आयोजनामा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

दमकमा खेलकुद महासंघको आयोजनामा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

दमक/ नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ ।

रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाले खेल क्षेत्र अब नेपाली समाजको एउटा अभिन्न अंग भइसकेको बताए ।

उनले खेल क्षेत्र र खेलाडीहरुलाई हेर्ने पुरानो दृष्टिकोण समाजमा बदलिइसकेको भन्दै मानिसको जिवन खेलकुद बिना अधुरो रहेको उल्लेख गरे । उनले खेलकुद महासंघ व्यवसायिक खेलकुद बिकासका निम्ति सदैव क्रियाशील रहेको पनि उल्लेख गरे ।

यस किसिमका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा उजागर गर्न पनि मद्धत पुरयाउने उनको भनाई थियो । प्रतियोगितामा पूर्णजित राई पहिलो, अजित महर्जन दोश्रो तथा देवेन्द्र खडका र रोयल राई तेस्रो भएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । नेपाल खेलकुद महासंघ प्रदेश १, हिमालय ब्लड किक बक्सिङले सहयोग रहेको प्रतियोगिता नेपाल खेलकुद महासंघ झापा जिल्ला अध्यक्ष भवानी बराल, नेपाल खेलकुद महासंघ दमक नगर कमिटी अध्यक्ष टीका सापकोटा लगायत अन्य महासंघका पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोशन सिम्खडाले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments