मिक्लाजुङ गाउँपालिकाको बजेट ७० करोड ६६ लाख

0
127

मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि प्रस्तावित रु ७० करोड, ६६ लाख, ९६ हजार बराबरको बजेट पेश गरिएको छ ।

 

शुक्रबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईको अध्यक्षतामा मिक्लाजुङ गाउँपालिकाको दशौं तथा दोस्रो अवधिको प्रथम गाउँसभामा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले आर्थिक बर्ष २०७९÷०८० का लागि ७० करोड, ६६ लाख, ९६ हजार बराबरको बजेट पेश गर्नु भएको हो । शुक्रबार मधमुमल्ला पार्टी प्योलसमा मिक्लाजुङ गाउँपालिकाको १० औं गाउँ सभा भएको थियो । आगामी आर्थिक बर्षका लागि बजेटले मिक्लाजुङ गाउँपालिकाका विभिन्न पक्ष र क्षेत्रलाई समेटेको छ ।

जस अन्र्तगत वित्तीय समानीकरण संघबाट रु १२ करोड ४९ लाख, राजस्ववाँडफाँड संघ ९ करोड ७६ लाख १० हजार, राजस्व बाँडफाँड संघ वन पैदावार १५ लाख, समानिकरण प्रदेश ६८ लाख ७ हजार, राजस्वबाँडफाँड प्रदेश सवारी साधन कर ४७ लाख ४८ हजार, घर जग्गा रजिष्टेशन दस्तुर ३५ लाख,दहत्तरबहत्तर ५ करोड, आल्या मौजदादत ४ करोड, आन्तरिक आय ११ करोड २३ लाख ३१ हजार,सर्शत अनुदान संघ २५ करोड ५३ लख र सर्शत अनुदान प्रदेश १ करोड गरी कुल ७० करोड ६६ लाख ९६ हजार बराबरको आय बजेटमा प्रस्तुत् छ । बजेटले मिक्लाजुङको समग्र विकासहरुलाई समेटेको छ ।

यस बर्षको नीति तथा कार्यक्रममा बजेटले कृषि बिकाश, पशुपंक्षी विकास, पर्यटन विकास, उद्योग तथा व्यापार व्यवसाय, सहकारी विकास, सामाजिक बिकास नीति, स्वास्थ्य, खानेपानी तथा सरसफाई, धर्म, भाषा, कला, साहित्य र संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिक र समावेशिकारण, खेलकुद तथा मनोरन्जन, पुर्वाधार विकास निर्माण, भवन तथा ग्रामिण विकास, उर्जा विधुुत तथा यातायात, संचार, वन वातावरण तथा विपद व्यवस्थापन, सुशानसन तथा संस्थागत विकास, कानुन र न्याय तथा रोजगारी, उझमशिलता र उत्पादन बृद्धी लगायतका शिर्षकमा बजेट प्रस्तुत भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here