नेकपा एमाले नेता कार्कीको  घर अगाडी संकास्पद बस्तु फेला

0
196

दमक / नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पुर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको झापाको गौरादहस्थित घर अगाडी संकास्पद बस्तु भेटिएको छ ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ३ स्थित कार्कीको घरको मुख्य गेटनै अगाडी प्रेसर कुकरमा तार बेरिएको संकास्पद बस्तु भेटिएको हो ।

 बिहान ५ बजे तिर प्रेसर कुकरमा तार बेरिए जस्तो गरि राखिएको संकास्पद बस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।

संकास्पद बस्तु भेटिएको ठाउँलाई अहिले ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले सुरक्षित राखेको र नेपाली शेनालाई खबर गरिएको उनले बताए ।

झापाको मेचिनगर चारआलीस्थित नेपाली शेनाको क्याममा खबर गरिएकोले हाललाई उक्त स्थल सुरक्षा घेरामा राखेर घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here