कमल गाउँपालिकामा विद्युत महसुलमा ५० प्रतिशत अनुदान

0
175

दमक/ कमल गाउँपालिकाको ११ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पालिकाको नीति तथा कार्यक्रम पेश गरेका छन ।

आगामी आर्थिक वर्ष २०७९/०८० लागि गाउँँसभामा नीति कार्यक्रम पेश गर्दै अध्यक्ष राईले संविधानले नै स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा परिभाषित गरेको हुँदा स्थानीय सरकारको भुमिका सोही अनुसार हुनुपर्ने औंल्याए । पालिकाको बिकास र सुशासनका लागि अभिन्न अंगका रुपमा स्थानीय सरकार स्थापित हुँदै गएको पनि उल्लेख गरे ।

नीति कार्यक्रम पेश गर्दै अध्यक्ष राईले कृषकसंग अध्यक्ष कार्यक्रम ल्याइएको बताए । सो कार्यक्रम अन्तर्गत पालिकाका किसानलाई सिचाँईको बिद्युत महसुलमा ५० प्रतिशत अनुदान दिइने उल्लेख गरेका छन । सिचाइँ मोटर नभएका किसानलाई अनुदानमा बिद्युतीय मोटर उपलब्ध गराइने, किसान सुरक्षण कोषको स्थापना गरिने लगायतका आकर्षक कार्यक्रमहरु ल्याइएको छ । किसान सुरक्षण कोष अन्तर्गत किसानहरुलाई परिचय पत्र उपलब्ध गराई कृषी पेशालाई सम्मानित पेशाका रुपमा अघि बढाउन प्रेरित गरिने अध्यक्ष राईले बताए ।

सो अन्तर्गत धानबालीको बीमा, पशु स्वास्थ्य बीमा आदी कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ । निःशुल्क माटो परिक्षणको सुविधा लगायतका कार्यक्रमलाई पनि नीति कार्यक्रमले सम्बोधन गरेको छ । त्यसैगरी किसानले उत्पादन गरेका उपजहरुको सहि व्यवस्थापनका लागि ड्रायर मेसिन र चिस्यानको व्यवस्था मिलाइने योजना पनि अघि सारिएको छ ।

त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र चाँडै सवैदलीय बैठकको निर्णयसहित प्रशासकिय भवन निर्माण प्रकृया अघि बढाइने उल्लेख छ । गाउँपालिकाका सबै सामुदायिक बिद्यालयमा आधारभुत आवश्यकताका रुपमा रहेको कम्पाउण्ड वाल र व्यवस्थित शौचालय निर्माण गरिने, पालिकामानै पाँच शैयाको अस्पतालसहित स्वास्थ्य बीमाका विरामीको उपचार तथा प्रेषण ( रिफर ) गर्ने व्यवस्था मिलाइने जस्ता जनस्वास्थ्य सरोकारका बिषयलाई पनि नीति कार्यक्रममा समावेश गरिएको छ ।

लैंगिक समानता तथा सामाजिक समावेशकिरण, शिक्षा युवा तथा खेलकुद, संस्थगत विकास तथा सेवा प्रवाह र सुशासन, वस्ती विकास तथा सहरी योजना, भौतिक पुर्वाधार, सामाजिक विकास तर्फ आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम सभाले संशोधन सहित परित गरेको जनाइएको छ ।

अध्यक्ष राईने सभामा पेश गरेको नीति तथा कार्यक्रम अन्तर्गत पशु सुत्केरी स्याहार कार्यक्रमका लागि सुरक्षण कोष स्थापना गरिने पनि उल्लेख छ । स्थानीय आवश्यकताका आधारमा सामाजिक, आर्थिक र पुर्वाधारका विकास सम्बन्धिका कार्यक्रमहरु सञ्चालन गरिने , गाउँपालिकामा सूचना डेस्क स्थापना गरिने, पालिकाका हरेक गतिबिधिहरुलाई गाउँपालिकाबासी तथा आम नागरिकहरुमाझ पुरयाउने व्यवस्था मिलाउने पनि गाउँपालिकाको नीतिमा उल्लेख गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here