जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्व बरालको मात्र उम्मेदवारी

0
127

झापा । जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एक मात्र उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । दमक निवासी बरालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै, उपप्रमुख पदका लागि एमालेका तर्फबाट शान्ता रोक्काको मात्रै उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिमा एक ÷एक जना प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । त्यस्तै दुई खुल्ला सदस्य, तीन जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट एक जना सदस्य रहने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सदस्यहरु देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रीता नेपाली निर्विरोध निर्बाचित भएका हुन् । तर, जिल्ला निर्वाचन कार्यालय झापाले भने औपचारिक रुपमा घोषणा गरेको छैन ।

झापामा एमालेको एकल वहुमत रहेकाले अन्य दलले उम्मेदावारी दर्ता गराएका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मंगलबार मनोनयन दर्ता, बुधबार चुनाव चिन्ह वितरण र दाबी विरोधको समय र पर्सी ९ गते मतदानसँगै विजयी घोषणा गर्ने निर्वाचन कार्य तालिका रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here